२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

साना किसान कृषि सहकारी संस्था बन्जरियाको २३ औँ साधारणसभा सम्पन्न

२०८० पौष ६, शुक्रबार प्रकाशित ( महिना अघि) ४२३ पाठक संख्या

परासी, ६ पुस । साना किसान कृषि सहकारी संस्था लिमिटेड रामग्राम–१८ बन्जरिया नवलपरासीको २३ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाकै आफ्नै प्रांगढमा सम्पन्न सभाले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी बजेट, नीति तथा कार्यक्रम पनि तय गरेको छ ।
सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले सहकारीबाट आर्थिक उन्नती सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले सहकारीबाट लिईने ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आयआर्जन गर्न जोड दिनुभयो । उहाँले आर्थिक समृद्धि हासिल नभएसम्म जीवन रुपान्तरण नहुने भन्दै आर्थिक समृद्धिको बाटोमा लाग्न पनि सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा निवर्तमान नगर उपप्रमुख रम्भा कुवर, साना किसान बैंक बुटवलका प्रबन्धक गणेश प्रसाद महत्तो, बन्जरिया महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शोभादेवी थारु, संस्थाकी उपाध्यक्ष गीता कुमारी चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको संस्थाका व्यवस्थापक बाबुराम चौधरीले जानकारी दिनुभयो ।
सभामा संस्थाका अध्यक्ष शर्माले वार्षिक कार्यक्रम तथा बजेट र लेखा समिति संयोजक रामकिशुन लोनियाले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । रामग्राम नगरपालिकाको वडा नं.१४,१५ र १८ कार्यक्षेत्र रहेको यस सहकारीमा हाल ६४९ महिला र ४६५ पुरुष गरि एक हजार ११२ जना शेयर सदस्य रहेका छन् । संस्थाले गत वर्ष रु एक करोड १९ लाख ५८ हजार ७९७ खुद मुनाफा गर्न सफल भएको व्यवस्थापक चौधरीले बताउनुभयो ।
साधारणसभाले अटेर गरि नियतबस ऋण नतिर्ने ऋणीहरुको धितो लिलाम गर्ने,शेयर लाभांश तथा संरक्षित पुँजी कोष एवं कर्मचारी बोनस वितरण गर्ने,चेक, एसएमएस र क्युआर कोड लागू गर्ने,लगानी असुली आन्तरिक कार्यविधि संशोधन, म्यादी बीमा बचत आन्तरिक कार्यविधि र सम्पत्ती सुदृढीकरण कार्यविधि २०८० पारित,बाह्य ऋण स्विकृत लगायतका निर्णयहरु गरेको सञ्चालक सदस्य दीपक कुमार गैरेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस