२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

पाल्ही क्याम्पसका निवर्तमान प्रमुख ठाकुरको बिदाई, नवनियुक्त प्रमुख अर्याललाई स्वागत

२०८० पौष ६, शुक्रबार प्रकाशित ( महिना अघि) २९३ पाठक संख्या

परासी, ६ पुस । पाल्ही बहुमुखी क्याम्पस जीतपुर परासीका नवनियुक्त प्रमुख दीपक अर्याललाई स्वागत र निवर्तमान क्याम्पस प्रमुख कैलाश ठाकुरलाई बिदाई गरिएको छ । पाल्ही क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन र पूर्व विद्यार्थी संघको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
निवर्तमान क्याम्पस प्रमुख ठाकुर उमेर हदका कारण अनिवार्य अवकाश हुनुभएको हो । २०५० सालदेखि पाल्ही क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका ठाकुरले उक्त क्याम्पसमा ३० वर्ष सेवा गरि मंसिर ३० गते सेवा निवृत्त भएपछि पुसदेखि अर्याललाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरिएको हो ।
ठाकुर २०५० सालमा सिन्धुली क्याम्पसबाट पाल्ही क्याम्पस आउनुभएको थियो । पाल्ही क्याम्पसमा तीन कार्यकाल क्याम्पस प्रमुखको जिम्मेवारी सल्हालनुभएका ठाकुरले आफूले संगालेको अनुभवलाई आगामी दिनमा पनि क्याम्पसको हित र श्रीबृद्धिमा खर्चिने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लाकै पूरानो र आर्थिक रुपले कमजोर क्याम्पसलाई आज सम्म बचाई राख्नु नै महत्वपूर्ण उपलब्धी भएको बताउँदै निवर्तमान प्रमुख ठाकुरले आगामी दिनमा यस क्याम्पसको शैक्षिक तथा भौतिक गुणस्तरमा थप बृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । नवनियुक्त प्रमुख अर्यालले सबैको सहयोग र सहकार्यबाटै क्याम्पसलाई अघि बढाउने बताउनुभयो । क्याम्पस सञ्चालनमा यसअघि सहायक प्रमुख भएर काम गर्दा पनि धेरै कुराहरु सिक्ने र गर्ने अवसर समेत पाएकोले विगतको अनुभवलाई प्रयोग गर्दै यस क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्थापित गर्न आफू लागिपर्ने उहाँको भनाई थियो ।
पूर्व विद्यार्थी संघका अध्यक्ष रामचन्द्र भण्डारी, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सनन्दन कुर्मी, नेविबसंघका ईकाई सभापति सुनिल गौड लगायतले निवर्तमा क्याम्पस प्रमुख ठाकुरको योगदानको चर्चा गर्दै सेवा निवृत्त जीवनको सुखदायी यात्राको कामना गर्नुभयो भने नवनियुक्त प्रमुख अर्याललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको पूर्व विद्यार्थी संघका महासचिव सञ्जय शर्माले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस