२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बुद्धमंगल ताललाई गीतमार्फत चिनाउँदै बर्दघाट नगरपालिका

२०८० पौष ४, बुधबार प्रकाशित ( महिना अघि) ३७८ पाठक संख्या

परासी,४ पुस । भगवान् गौतम बुद्धसँग जोडिएको पश्चिम नवलपरासीको बुद्ध मंगल ताललाई बर्दघाट नगरपालिकाले गीतको माध्यमबाट प्रबर्द्धन गर्न थालेको छ ।
बर्दघाट नगरपालिका-१२ अवस्थित बुद्धमङ्गल तालको पर्यटकीय प्रवर्द्धनका लागि निर्माण गरिएको गीत बुधबार सार्वजनिक गरिएको छ ।
बुद्धमङगल ताल सम्बन्धि उक्त लोकगीतमा चर्चित गायिका राधिका हमाल र गायक बिन खातिको स्वर रहेको छ भने शब्द संकलन बिन खातिकै रहेको छ ।उक्त गीत सामाजिक संजाल र युट्युब च्यानल मार्फत सार्वजनिक गरिने जनाईएको छ ।

बुद्धले परापुर्वकालमा यस तालमा आई पानी पिएको र बसोबास गरेको ईतिहास रहेकाले नगरपालिका यसको बिकास,प्रवर्द्धन र प्रचार प्रसारमा जुटेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।
सबैले मनपराउने गीत सङ्गितका माध्यमबाट प्रचार प्रसार गर्दा छिटो र सबैले सजिलै बुझ्न सक्ने भएकोले लोकगीत निर्माण गरि ताललाई चिनाउने प्रयास गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।बौद्धकालिन एवं ऐतिहासिक सम्पदाको रुपमा रहेको यो ताललाई बौद्ध सर्किटसँग जोड्ने गरि सरोकारवाला र सम्बन्धित निकायसग छलफल र प्रयास भैरहेको पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
“नगरभित्र रहेका अन्य स्थलहरु बनदेवी मन्दिर,सीमसार,सन्सारकोट जस्ता धार्मिक पर्यटकीय स्थलको बिकासका लागि समेत नगरले संघ र प्रदेश सरकारसँग बजेट माग गरेको छ”श्रेष्ठले भन्नुभयो ।

नगर उपप्रमुख रुद्रप्रकास उपाध्यायले नगरपालिकाबाट सेवामूलक क्षेत्रमा स्वास्थ्य र शिक्षा, कृषी र पर्यटनलाई समेत प्राथमिकतामा राखेर सोही अनुरुपका योजना तयार गरिएको उल्लेख गर्नुभयो ।बौद्धकालिन ईतिहास र किम्बदन्तीका हिसाबले पनि यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा रहन सक्ने बताउँदै उपप्रमुख उपाध्यायले यसको बिकासमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उक्त अवसरमा बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरी,बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपती घनश्याम परिश्रमी लगायतले बोल्दै बुद्धमङ्गल तालको पुरातात्त्विक महत्व झल्किने र आम नागरिकलाई यसका बारेमा जागरुक र जानकारी गराईनुपर्नेमा जोड दिनु भएको थियोे ।
बर्दघाट नगरपालिकाले ताल सरसफाइका लागि अघिल्लो आर्थिक बर्षमा रु २५ लाख बिनियोजन गरेको थियो भने चालु आर्थिक बर्षमा तालको सुरक्षाका निम्ति कम्पाउन्ड वाल निर्माण गर्न रु ३५ लाख रबिनियोजन गरेको जनाएको छ ।
तालमा आउने पर्यटकका लागि बोटिङको ब्यवस्थापन समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस