२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम बचत सहकारीमा पदस्थापन, सहकारीको गुणात्मक विकासमा जोड दिन्छु : नवनिर्वाचित अध्यक्ष शर्मा

२०८० मंसिर २१, बिहिबार प्रकाशित ( महिना अघि) ३६० पाठक संख्या

परासी, २१ मंसिर । पश्चिम नवलपरासीको रामग्राम–३ स्थित रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनबाट निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुले पदस्थापन गरेका छन् ।
आज सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष जनार्दन ठाकुरले नवनिर्वाचित अध्यक्ष अनिल कुमार शर्मालाई पदस्थापन गराउनुभएको हो । यस्तै निवर्तमान सचिव मोहन पौडेलले नवनिर्वाचित सचिव मुक्ति पौडेललाई बैठक पुस्तिका र निवर्तमान कोषाध्यक्ष चन्द्रमणि चौधरीले नवनिर्वाचित कोषाध्यक्ष सूर्यनाथ दास पटेललाई खाता हस्तान्तरण गरि पदस्थापन गराउनुभएको थियो ।

P2

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाका संस्थापक अध्यक्ष सुमनगोपाल आचार्यले नयाँ सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सहकारीको संस्थागत विकासमा जोड दिनुभयो । सहकारीको मूल्य, मान्यता,मर्म र सिद्धान्तलाई आत्मसाथ गर्दै संस्थाको आर्थि कारोबारलाई चुस्तदुरुस्त कायम राख्न उहाँले आग्रह गर्नुभयो ।
सहकारीले लक्ष्य निर्धारण गरेर काम गर्नुपर्नेमा जोड दिँदै संस्थापक अध्यक्ष आचार्यले रामग्राम सहकारी रामग्राम नगरपालिकामै उत्कृष्ट सहकरीको रुपमा स्थापित हुन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । संस्थाको विधानलाई समयसापेक्ष परिमार्जन गर्दै बलियो बनाउन समेत सुझाव दिँदै सहकारीका हरेक गतिविधि सबै शेयर सदस्यले थाहा पाउने गरि सूचना प्रवाह गर्न पनि आचार्यले सुझाव दिनुभयो ।

P3

नवनिर्वाचित अध्यक्ष अनिल कुमार शर्माले सहकारीका नवनिर्वाचित सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, पूर्व अध्यक्षहरु त्था कर्मचारीको साथ लिएर ईमान्दारीताका पूर्वक आआफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक जनाको प्रयासले मात्र सहकारी अघि बढ्न नसक्ने बताउँदै उहाँले जिम्मेवारी लिएका सबैले आआफ्नो जिम्मेवारी ईमान्दारीतापूर्वक निर्वाह गर्नुपर्ने बताउँदै अग्रजहरुको सुझाव सल्लाहलाई मनन गरि अघि बढ्ने उहाँले बताउनुभयो । संस्थालाई पारदर्शी रुपमा सञ्चालन गरिने र गुणात्मक विकासमा ध्यान दिने बताउँदै नवनिर्वाचित अध्यक्ष शर्माले पूर्व अध्यक्षहरुको सदैव साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष जनार्दन ठाकुर, पूर्व अध्यक्ष राजकुमा रेश्मी, मेघराज गौतम, निवर्तमान सचिव मोहन पौडेल, नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी, उपसमितिका सदस्यहरु लगयातले सहकारीको विकासका बारेमा चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको रामग्राम साकोसकी व्यवस्थापक रमा गौतमले बताउनुभयो ।
रामग्राम साकोसको मंसिर १६ गते सम्पन्न छैँठौँ अधिवेशनबाट अध्यक्षमा अनिल कुमार शर्मा, उपाध्यक्षमा चन्द्रमणि चौधरी, सचिवमा मुक्ति पौडेल, कोषाध्यक्षमा सूर्यनाथ दास पटेल, सदस्यमा सन्दिप अग्रहरी, विष्णुमाया राना, विनिता खड्का तथा लेखा समितिको संयोजकमा अमरदीप गुप्ता, सदस्यमा वीरेन्द्र कुमार यादव, विष्णु हरिजन निर्वाचित हुनुभएको थियो । २०५९ सालमा स्थापना भएको रामग्राम बचत सहकारीमा हाल २७६ शेयर सदस्य रहेका छन् भने वार्षिक कारोबार करिब साढे दुई करोड रहेको छ ।

P4

 

P5

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस