२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रसद्धारा सञ्चालित महामारी नियन्त्रणका लागि स्वयंमसेवक तालिम सम्पन्न

२०८० मंसिर २०, बुधबार प्रकाशित ( महिना अघि) २७७ पाठक संख्या

परासी, २० मंसिर । पश्चिम नवलपरासीको सुनवलमा सञ्चालित महामारी नियन्त्रणका लागि स्वयमसेवक विषयक तीन दिवसीय तालिम सम्पन्न भएको छ । सुनवल–२ स्थित रि–वर्न होटलमा नेपाल रेडक्रस सोसाईटी र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित समुदाय स्तरीय बृहत स्वास्थ्य कार्यक्रम अन्तरगत उक्त तालिम सञ्चालन गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र सात वटै पालिका अन्तरगत रहेका १६ वटा उपशाखाका रेडक्रसकर्मीको प्रतिनिधित्व रहेको उक्त तालिममा प्राकृतिक विपद तथा विभिन्न कारणले उत्पन्न हुने महामारी नियन्त्रण गर्न स्वयमसेवकले खेल्नुपर्ने विविध भूमिकाको विषयमा प्रशिक्षण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले जनाएको छ ।
उक्त तालिमको आज एक कार्यक्रमबीच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको प्रमुख आतिथ्य तथा रेडक्रसका जिल्ला उपसभापति माया अग्रहरीको अध्यक्षतामा समापन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले तालिममा सिकेका कुरालाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । महामारी नियन्त्रण कुनै एक निकायको मात्र प्रयासले सम्भव नहुने बताउँदै उहाँले रेडक्रसका स्वयमसेवकको भूमिका थप महत्वपूर्ण हुने बताउनुभयो । बाढी,पहिरो, आगलागि,विभिन्न किसिमका सरुवा रोग मात्र नभई लागूऔषध दुव्र्यसनी पनि महामारीको रुपमा फैलिएको भन्दै नगर प्रमुख यादवले यसको नियन्त्रणमा पनि सबै मिलेर लाग्न्ुापर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले तालिम प्राप्त स्वयमसेवकहरु अब समुदायमा महामारी नियन्त्रणमा अब्बल भएर लाग्नेमा विश्वास व्यक्त गर्नुभयो । सातै पालिकामा रेडक्रसका स्वयमसेवक तयार गर्न यो तालिम सञ्चालन गरिएको बताउँदै उहाँले भविष्यमा आईपर्ने विपद र महामारी नियन्त्रणमा यस तालिमबाट उत्पादन भएका स्वयमसेवकको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
विपतका बेला स्वास्थ्य प्रवद्र्धनका काम गर्न, संक्रमण रोगको जोखिम न्यूनीकरण गर्न तथा महामारीले उत्पन्न गर्ने रोगको न्यूनीकरणका लागि स्वास्थ्य प्रवद्र्धनका कार्य गर्न स्वमसेवक तयार गर्न यो तालिम सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन क्षेत्रीले बताउनुभयो । रेडक्रसद्धारा सञ्चालित समुदाय स्तरीय बृहत स्वास्थ्य कार्यक्रमबाट रामग्राम नगरपालिका र सरावल गाउँपालिकाका १३ हजार नागरिकलाई प्रत्यक्ष रुपमा स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
तालिममा उक्त कार्यक्रमका स्वास्थ्य अधिकृत अनुप खड्का, समिल्लाह अन्सारी, रुपक मल्ल ठकुरी,निलु अग्रहरी र बलराम सापकोटाले सहजीकरण गर्नुभएको थियो । समापनको अवसरमा प्रशिक्षार्थी तिलक पौडेल,चन्द्रकुमारी न्यौपाने लगायतले पनि बोल्नुभएको जिल्ला सदस्य क्षेत्रीले बताउनुभयो ।

R2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस