२०८३ कार्तिक २१, शुक्रबार
24 खबर अपडेट

जेठ २५ बाट लगाउन थालिने, ६० देखि ६४ वर्षका प्राथमिकतामा

२०७८ जेष्ठ १९, बुधबार प्रकाशित (५ साल अघि) १०५९ पाठक संख्या

कठमाडौं, १९ जेठ । चीन सरकारले उपलब्ध गराएको भेरोसेलको खोप ६० देखि ६४ वर्ष उमेर समुहलाई प्रदान गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले भेरोसेल खोप ६० वर्षभन्दा माथिको उमेर समूहकालाई पनि दिन सक्ने निर्णय गरेको छ । साथे खाेप जेठ २५ गते बाट लगाउन थालिने भएकाे छ ।
चीनसँग सीमाना जोडिएका जिल्लाहरुको हकमा भने खोप मौज्दात रहे १८ वर्ष माथिका लाई पनि  दिइने निर्णय भएको छ । साथै खोप लगाउँदा दोस्रो मात्रको पनि सुनिश्चित गरेर मात्र दिने निर्णय गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑