२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

चक्रहरुको जागरणद्धारा पूर्ण मानव निर्माण गर्न पुस २३ देखि लुम्बिनी प्रदेश स्तरीय चक्र विज्ञान सप्ताह हुँदै

२०८० मंसिर १९, मंगलबार प्रकाशित ( महिना अघि) २२८१ पाठक संख्या

ईन्दिरा विश्वकर्मा
सुनवल,१९ मंसिर ।  सात चक्रहरुको जागरणद्वारा स्वस्थ, शान्त र समृद्ध जीवन निर्माणका लागि रुपन्देहीको तिलोत्तमामा लुम्बिनी प्रदेश स्तरीय चक्र विज्ञान सप्ताह कार्यक्रम हुने भएको छ । जीवन विज्ञान लुम्बिनी प्रदेशको आयोजनामा आगामी पौष २३ देखि २९ गते सम्म तिलोत्तमा नगरपालिका–३ योगिकुटीस्थित दरबार लेन पार्टी प्यालेसमा चक्र विज्ञान कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
मानव शरीरमा रहेका सातवटै चक्रहरुलाई जागृत गरी पूर्ण मानव निमार्ण गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जीवन विज्ञान लुम्बिनी प्रदेशका संयोजक केशव प्रसाद खनालले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार मानव शरीरको मेरुदण्डभित्र सुक्ष्म शरीरमा रहने उर्जा केन्द्रहरुको स्रोत स्वस्थ शरीर,सक्रिय एवं व्यवस्थित जीवनशैलीबाट भौतिक उन्नति प्रगति गराउने स्वास्थ्यसँग सम्बन्धित मूलधार चक्र, खुसी उमङ्ग तथा आनन्दको केन्द्र स्वाधिष्ठान चक्र, आत्मविश्वास इच्छाशक्ति सौर्य तथा साहसको केन्द्र मणिपुर चक्र, प्रेम करुणा श्रद्धाभक्ति सम्बन्ध र सहकार्यको केन्द्र अनाहद चक्र, अध्ययन अनुसन्धान एवं आन्तरिक चेतनासंग सम्बन्धित सकारात्मक सोच उच्च विचार वुद्धि विवेक तथा ज्ञानको केन्द्र विशुद्धि चक्र, दृढ संकल्प शक्तिको केन्द्र आज्ञा चक्र र ब्रह्मज्ञान बुद्धत्व अर्थात् पूर्णताको केन्द्र सहश्रार चक्र गरी मानव जीवनमा सात चक्र अवस्थित छन् ।
सप्ताह व्यापी रुपमा सञ्चालन हुने उक्त चक्र विज्ञान सप्ताह कार्यक्रमको सहजीकरण जीवन विज्ञान विशेषज्ञद्वय रमेश नेपाल र एल.पि. भानु शर्माले गर्ने आयोजकले जनाएको छ । जीवन विज्ञान लुम्बिनी प्रदेशका सम्पूर्ण शिक्षक प्रशिक्षकहरुको उत्साहजनक जिम्मेवारीका साथ उक्त कार्यक्रममा पाँच सय बढीको सहभागितामा सभ्य र भव्यताका साथ सम्पन्न गर्न तयारीलाई तीव्र पारिएको प्रदेश संयोजक खनालले जानकारी दिनुभयो ।
प्रदेशका सबै जिल्लाहरूबाट पाल्ने सहभागिहरुलाई सुरक्षित आवास सहित स्वस्थ र स्वादिष्ट भोजनको व्यवस्थापन गरिएको संयोजक खनालले बताउनुभयो । उक्त कार्यक्रममा सहभागि हुनका लागि भौतिक तथा अनलाईन फारम भर्न आह्वान गरिएको उहाँको भनाई थियो ।
पछिल्लो समय मानिसले विभिन्न क्रियाकलापहरुलाई ब्यवस्थित रुपले अगाडि बढाउन नसक्दा तनावपुर्ण जीवनशैली अपनाउन बाध्य रहेको बताउदै जीवन विज्ञान लुम्बिनी प्रदेशका पूर्व संयोजक एवं सल्लाहकार हरिप्रसाद पोखरेले त्यसकारण पनि चक्र विज्ञान कार्यक्रमको अत्यन्तै महत्व रहेको बताउनुभयो । जीवन ऊर्जा कुण्डलिनी शक्तिको रूपमा नाडीहरुबाट बगेर सात चक्रहरूको माध्यमबाट शरीर र मनमा प्रवेश गरी व्यक्तिको शक्ति,गुण र प्रतिभाको रूपमा अभिव्यक्त हुने चक्रहरु यदि अविकसित, अस्वस्थ एवं असन्तुलन रहेमा विभिन्न प्रकारका रोग, नकारात्मक सोच, डर, आलस्य र गलत आदतहरुको दलदलमा पर्ने गरिएको बताउँदै उहाँले मानव जीनवको मुल केन्द्र नै चक्र भएकाले सबैलाई कार्यक्रममा सहभागि भई लाभ लिन आग्रह गर्नुभएको छ ।
जीवन विज्ञान एक आध्यात्मिक प्रयोगशाला हो । प्रत्येक व्यक्तिभित्र बीज रूपमा रहेका सद्गुण एवं क्षमताहरुलाई उजागर गरी सुख, शान्ति एवं समृद्धिले भरिएको नवयुग निर्माण गर्ने उद्देश्यका साथ जीवन विज्ञानले स्वदेशसंगै हाल विश्वको ६५ वटा देशहरूमा आध्यात्मिक सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ।

सहभागिताको लागि फाराम

https://docs.google.com/forms/d/e/1FAIpQLSf9ar5s4ls5Rq4ec-uw7ouXn5mA_LxCumo0VCdUaufsjY2d4Q/viewform?pli=1

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%२१%३%१%

प्रतिक्रिया दिनुहोस