२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पूर्वराजाबाट होईन ठूला दलबाटै लोकतन्त्र खतरामा छ,नागरिक हस्तक्षेप आवश्यक भयो : कृष्ण पहाडी

२०८० मंसिर १९, मंगलबार प्रकाशित ( महिना अघि) ३२१ पाठक संख्या

मोहन पौडेल
परासी, १८ मंसिर । मानव अधिकारबादी नेता कृष्ण पहाडीले लोकतन्त्र बचाउन नागरिक हस्तक्षेप आवश्यक भएको बताउनुभएको छ । शासनसत्तामा रहका ठूला दलबाटै लोकतन्त्र खतरामा परेको उहाँको दाबी थियो ।
मानव अधिकार तथा शान्ति समाजले आज पश्चिम नवलपरासीको परासीमा गरेको लोकतन्त्रको प्राण ः सुशासन र सद्भाव विषयक नागरिक सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उक्त संस्थाका संस्थापक सभापति पहाडीले सत्तामा बस्ने राजनीतिक दलहरुकै कारण नागरिकमा व्यापक नैराश्यता छाएको जिकिर गर्नुभयो ।
नेता पहाडीले वर्तमान सरकार र राजनीतिक दलहरुबाट सुशासन कायम हुन नसकेको बताउँदै लोकतन्त्र धरापमा पार्ने राजनीतिक दल र तिनका कार्यकर्ता नै मूख्य दोषी रहेको बताउनुभयो । उहाँले सरकारमै बसेर अराजकताको खेती गर्ने काम भईरहेकोले पूर्वराजा ज्ञानेन्द्रबाट नभई राजनीतिक दलबाट नै लोकतन्त्र खतरामा परेको ठोकुवा गर्नुभयो ।
लोकतन्त्र रक्षा र सुशासनका लागि नागरिक मोर्चा सक्रिय हुनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो । कार्यक्रममा सहभागिहरुले भने ठूला दलका शीर्ष नेताहरुको कार्यशैलीकै कारण लोकतन्त्र धरापमा पर्नुका साथै संघीयताप्रति असन्तुष्टि र नागरिकमा नैराश्यता छाएको भन्दै दलहरु सच्चिन आवश्यक रहेकोमा जोड दिएको थिए ।
लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रामकृष्ण बराल, निवर्तमान केन्द्रीय सभापति गोविन्द खनाल, केन्द्रीय सचिव सन्तोष अधिकारी, जिल्ला सभापति गणेश न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, विभिन्न राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि लगायतले आआफनो धारणा व्यक्त गर्नुभएको मानव अधिकार तथा शान्ति समाजका जिल्ला सचिव शिव पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस