२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अनुप खत्री र अनुप मेहरा एकै व्यक्ति हुन्, मुद्धा फैसला नहुँदासम्म कसैलाई पक्राउ नगर : खत्री परिवार

२०८० मंसिर ४, सोमबार प्रकाशित (0 महिना अघि) १०३३ पाठक संख्या

परासी, ४ मंसिर । पश्चिम नवलपरासीको पाल्हीनन्दन–६ पडरी गाउँको ३३ विघा जग्गा किर्ते कागजात बनाएर बिक्री गरेको आरोप गलत रहेको दाबी गरिएको छ । साथै सोही प्रकरणमा पक्राउ परेका भारतीय नागरिक अनुप मेहरा नक्कली नभई सक्कली जग्गाधनी नै भएको मेहरा पक्षले जनाएको छ ।
अनुप मेहरा भारतमा बसोबास गर्दै आएपनि उनी पश्चिम नवलपरासी पाल्हीनन्दन वडा नं.५ साविक गेरमी गाविस निवासी स्व.राजनारायण खत्रीकै नाति रहेको खत्री परिवारले दाबी गरेको हो । खत्री परिवारले हालै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा विपक्षी मनोज सैथवारसहितका व्यक्तिहरुले गरेको उजुरीका आधारमा जारि गरिएको पक्राउ पुर्जीसमेत खारेज गर्न माग गरेको छ ।

Nibedan

जग्गा किर्ते गरि विक्री वितरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय नागरिक अनुप मेहरामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो जग्गा प्रकरणमा भारतीय नागरिक मेहरामाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा सहित मेहरालाई सहयोग गर्ने तत्कालि मालपोत कार्यालय नवलपरासीका प्रमुख मालपोत अधिकृतसहितका कर्मचारीविरुद्ध यसअघि नै आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
अदालतमा मुद्धा विचाराधिन रहेको र आगामी मंसिर १० गते फैसला हुने क्रममा रहेकै बेला उक्त मुद्धालाई प्रभावित पार्न विपक्षी मनोज सैथवार सहितका व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको खत्री परिवारको दाबी छ । उक्त मुद्धाको अन्तिम फैसला नहुँदासम्म उजुरीकै आधारमा कुनै पनि व्यक्तिलाई पक्राउ नगर्न मेहरा पक्षले प्रशासनको ध्यानाकर्षण गराएको हो ।
विशेष अदालत परिसरबाट केही दिनअघि पक्राउ परेका भारतीय नागरिक मेहराले आफ्ना पुर्खाबाट हस्तान्तरण हुँदै आएको ३३ विघा जग्गा मध्ये ११ विघा मोहियानी छाडि नेपाल सरकारको हदबन्दी अनुसार छोरा अंकुर र छोरी आशिकाको नाममा रहेको ११/११ विघा गरि २२ विघा जग्गा मात्र नेपालको कानून अनुसार नै विक्री गरेको खत्री परिवारको भनाई छ । विपक्षी उजुरीकर्ताहरुले भने मेहरा नक्कली जग्गा धनी बनेको र उनले सरकारी जग्गा किर्ते गरि विक्री गरेको आरोप लगाउँदै आएका छन् ।
मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार संख्या कायम गरी गैर–कानुनी निर्णय गर्न लगाएको विपक्षीको दाबी छ । विपक्षीले भनेजस्तो मेहरा नक्कली अंशियारवाला नभई स्व.राजनारायण खत्रीकै नाति अर्थात सक्कली जग्गाधनी रहेको स्व.राजनारायण खत्रीका नाति रवि कुमार खत्रीका छोरा अजय खत्री सहित स्थानीयवासीले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ साविक गेरमी गाविस निवासी स्व.राजनारायण खत्रीका चार छोरा प्रेमशरण,प्रताप नारायण,सुकदेव र लाल बहादुर खत्री मध्ये प्रितमदास भन्ने प्रतापनारायण अविवाहित थिए भने जेठा छोरा स्व.प्रेमशरण खत्री वि.स.२०२२ साल अघि नै उच्च शिक्षाका लागि भारतको नयाँ दिल्लीमा गई अध्ययन गरि उतै बसोबास रहँदै आएको तर मूल बसोबास नेपालकै गेरमी रहेको पाल्हीनन्दन ५ वडा कार्यालयले गत २०७७ भदौ २६ मा प्रमाणित गरेको स्व.राजनारायण खत्रीको वशंवालीमा उल्लेख छ ।

Ward

प्रेमशरण भारतमा बसोबास गर्दा भारतीय कागजातहरुमा खत्री थर हटाई मेहरा कायम गरेको र उनका छोरा अनुपसहित नाति नातिनाले पनि मेहरा थर नै लेख्दै आएकोले अनुप मेहरा नै प्रेमशरणका छोरा अनुप खत्री रहेको तत्कालिन वडा अध्यक्ष ओमप्रकाश गुप्ताले प्रमाणित गरेको पत्रमा उल्लेख छ । मेहराले विक्री गरेको जग्गा सरकारी नभई व्यक्तिगत नै रहेको खत्री परिवारले जनाएको छ ।
यसैगरि प्रेमशरण खत्रीको नाममा कायम रहेको साविक सनई गाविस वडा नं.८ ख कि.न.१२१,२५१ समेतका जग्गाहरुको विक्री वितरण जग्गाधनीको छोरा भनी अनुप मेहराको नामबाट भएको वकसपत्र, राजीनामा लगायतका कागजातमा गरिएको औँठाछाप समेत नक्कली रहेको विपक्षीको आरोपको आधारमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा विशेष अदालत मार्फत परीक्षण गर्दा अनुप खत्रीकै औँठाछापसँग मेल खाएको प्रतिवेदन प्रयोगशालाले गत भदौ १८ गते विशेष अदालतलाई बुझाएको प्रमाणले पनि अनुप खत्री र अनुप मेहरा एकै व्यक्ति भएकोे प्रमाणित हुने खत्री परिवारले जनाएको छ ।

Sing

जिल्ला प्रशासन कार्यालय नवलपरासीले गत २०७४ असोज ८ गते अख्तियारलाई पठाएको सर्जमिनमा पनि अनुप खत्री र अनुप मेहरा एकै व्यक्ति रहेको राय पठाएको थियो ।

Prasasan

अनुप मेहरा माथि विपक्षीले दायर गरेको उत्तः मुद्धा नवलपरासी जिल्ला अदालतले २०७४ भदौ १ गते खारेज गरिदिएको थियो भने उच्च अदालत तुल्सीपुर बुटवल ईजलासले पनि २०७५ जेठ २८ मा जिल्ला अदालतकै फैसला सदर गरेको थियो । जिल्ला र उच्च अदालतले मेहराको पक्षमा फैसला गरेपछि आत्तिएका विपक्षीले विशेष अदालतको मुद्धालाई पनि प्रभावित पार्न खोजेको खत्री परिवारको भनाई छ । गेरमी निवासी स्व.राजनारायण खत्रीलाई तत्कालिन समयमा १८ गाउँका जमिन्दारको रुपमा चिनिन्थ्यो । उनको नामबाट गेरमीमा राजनारायण मावि सञ्चालनमा छन भने सनईमा छोरा सुकदेवको नामबाट सुकदेव मावि सञ्चालनमा रहेको छ ।

Jagga

 

Tiro1

 

Tiro2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%२%५%

प्रतिक्रिया दिनुहोस