२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम ट्रेनिङ्ग सेन्टरद्धारा सञ्चालित एडभान्स ब्युटिपार्लर तथा सिलाई तालिम सम्पन्न

२०८० कार्तिक २२, बुधबार प्रकाशित (0 महिना अघि) ४७३ पाठक संख्या

परासी, २२ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–१ मा सञ्चालित एडभान्स ब्युटिपार्लर तथा सिलाई कटाई तालिम सम्पन्न भएको छ । रामग्राम ट्रेनिङ्ग सेन्टर परासीले स्ट्रोम फाउण्डेसनको आर्थिक सहयोग र एबीसी नेपालको सहजीकरणमा सञ्चालित प्राविधिक र व्यवसायिक सीपको बृद्धि अन्तरगत प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम मार्फत उक्त तालिम सञ्चालन गरेको थियो ।
तालिमको समापनमा प्रमुख अतिथिको रुपमा बोल्दै सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमति हरिजनले सीपमूलक प्राविधिक तालिम मार्फत आत्मनिर्भर र उद्यमी बन्न जोड दिनुभयो । उहाँले तालिमबाट प्राप्त सीपलाई उपयोग गरि आयआर्जनका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउन आग्रह गर्नुभयो । हातमा सीप भएपछि आफै व्यवसाय खोलेर वा अन्य उद्यमीकोमा रोजगारी गरेर आत्मनिर्भर बन्न सकिने उहाँको भनाई थियो । गाउँपालिकाले पनि बेरोजगार युवायुवतीहरुलाई लक्षित गरि सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
एबीसी नेपाल क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक मनोज लामिछानले व्यावसायिक र प्राविधिक सीप आजको अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । एबीसी स्थापना भएदेखि अहिलसम्म झण्डै दुई हजार जनालाई प्राविधिक तथा व्यावसायिक तालिम दिएको बताउँदै उहाँले तालिम लिएका मध्ये धेरै जनाले उद्यम व्यवसाय गरिरहेको बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारमै परिवर्तन गरि आत्मनिर्भर बन्न जोड दिनुभयो ।
गत भदौ १३ देखि कात्तिक २१ गतेसम्म एडभान्स सिलाई कटाई तालिम तथा ६५ दिने एडभान्स व्युटिपार्लर तालिम संस्थाको आफ्नै भवनमा छुट्टाछुट्टै सञ्चालन गरिएको रामग्राम ट्रेनिङ्ग सेन्टरका प्रबन्ध निर्देशक विन्द्रेश हरिजनले जानकारी दिनुभयो ।व्युटिपार्लर तालिममा गौरी विर्कटा मगर र सिलाई तालिममा मेनका कुमारी चौधरीले प्रशिक्षण दिनुभएको थियो। एडभान्स तालिममा जिल्लाका विभिन्न स्थानबाट ११ जना किशोरीहरुको सहभागिता रहेको प्रबन्ध निर्देशक हरिजनले बताउनुभयो । कार्यक्रममा दैनिक ट्वान्टीफोर खबर डटकमका सम्पादक मोहन पौडेल,दुर्गा विक, सहभागि प्रशिक्षार्थी लगायतले पनि तालिमको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

Si2

S

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस