२०८१ मंसिर ८, शनिबार
24 खबर अपडेट

सुनवल नगरपालिकाले भूकम्प पीडितलाई साढे दुई लाख सहयोग गर्ने

२०८० कार्तिक २२, बुधबार प्रकाशित ( साल अघि) ४१५ पाठक संख्या

परासी, २२ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जाजरकोट भुकम्पबाट प्रभावित नागरिकहरुलाई दुई लाख पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । नगर कार्यपालिकाको कात्तिक २० गते सम्पन्न बैठकको निर्णय बमोजिम उक्त रकम सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
भुकम्प प्रभावितको राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्न नेपाल सरकारको खातामा नगरपालिकाको तर्फबाट सहयोग गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गिरीको हस्ताक्षरमा आज निकालिएको विज्ञप्तिमा २०८० कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युटको भुकम्पमा परी नलगाढ नगरपालिका, जाजरकोटका उपप्रमुख सरिता सिंह सहित ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।
विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उक्त भुकम्पमा परी घाईते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । नगरपालिकाले भुकम्पबाट प्रभावित नागरिकहरुलाई तत्काल राहतको व्यवस्थापन तथा घाईतेहरुको निःशुल्क उपचारको प्रबन्ध मिलाउनका लागि नेपाल सरकार समक्ष माग गरेको छ । नगरपालिकाले भुकम्प पिडितहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन समेत अपील गरेको छ ।

Su

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस