२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा नेवारी खाना महोत्सव, आदिवासी मैत्रीपूर्ण फुटसल तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

२०८० कार्तिक २०, सोमबार प्रकाशित (0 महिना अघि) ८१९ पाठक संख्या

मोहन पौडेल
परासी, २० कात्तिक । संस्कृति जर्गेना तथा आदिवासीबीचको एकता सुदृढ गर्न पश्चिम नवलपरासीमा आदिवासी मैत्रीपूर्ण फुटसल, नेवारी खाना महोत्सव एवं विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेवाः देय् दबू जिल्ला कार्य समिति नवलपरासीले आगामी कात्तिक २५ गते भूमहीमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
नेवाः दय् दबू नवलपरासीले आज भूमहीमा पत्रकार सम्मेलन गरि नेपाल सम्बत् ११४४ को अवसरमा एक दिने महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो । रामनगर एकेडेमी भूमहीमा हुने उक्त कार्यक्रममा जिल्ला स्थित आदिवासी जनजाती समुदायबीच मैत्रीपूर्ण फुटसल,नेवारी खाना महोत्सव तथा विविधि सांस्कृतिक कार्यक्रम हुने संस्थाका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
लोपोन्मुख नेवारी संस्कृतिको संरक्षण गर्न खाना महोत्सवका साथै जिल्लामा रहेका आदिवासी जनजातिबीचको एकतालाई सदृढ बनाउन खेल र सांस्कृतिक कार्यक्रम समावेश गरिएको उहाँले बताउनुभयो । “हाम्रो खानाका परिकारको प्रदर्शनीको साथमा अरु पनि जाति एक ढिक्का हुनुपर्छ भन्ने हेतुले संस्कृति, धर्म, कला र खेलको माध्यमबाट हामी जोडिन खोजेका छौँ, संस्कृति पुवाहरुमा पुस्तान्तरणका निमित पनि यो महोत्सव आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।
कार्यक्रममा हुने फुटसल प्रतियोगितामा जिल्लामा रहेका सात आदिवासी मध्ये पाँच जातिको छुट्टाछुट्टै समूहबीच प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । निःशुल्क अवलोकन गर्न पाईने उक्त महोत्सवको करिब सात हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

Ne2

महोत्सवमा जिल्लामा रहेका आठ वटा नेवाः गुठीबाट झण्डै २५ प्रकारका नेवारी परिकारहरु स्वाद चाख्न पाईने आयोजकको भनाई छ । कार्यक्रममा नेवार,मगर, गुरुङ,थारु र तामाङ समुदायको झाँकी तथा सांस्कृतिक प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सबै जातीबीच एकता र युवा पुस्तामा खेल,कला र संस्कृतिको माध्यमबाट संस्कृति पुस्तान्तरण गर्न महोत्सव कोषेढुंगा सावित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला क्रिकेट संंघका अध्यक्ष कृष्ण श्रेष्ठले नेवारी संस्कृति लोप हुँदै गईरहेको अवस्थामा यस महोत्सवको माध्यमबाट सबैलाई नेवारी परिकारको जानकारी हुने र सबै जातिबीच एकता र सदभाव कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस