२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम नगरपालिकाले भत्कायो सडक मापदण्ड मिचेर बनाईएका भौतिक संरचना

२०८० कार्तिक १७, शुक्रबार प्रकाशित (0 महिना अघि) ९५५ पाठक संख्या

मोहन पौडेल
परासी, १७ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सडक मापदण्ड मिचेर बनाईएका भौतिक संरचना भत्काएको छ । रामग्राम–३ संगमटोलमा सडक अतिक्रमण गरि बनाईएका संरचना आज डोजर लगाएर भत्काएको हो ।
उक्त क्षेत्रमा विद्यालय तथा सरकारी कार्यालयहरु रहेको तर बाटो साँघुरो हुँदा आवातजावतमा समस्या भएपछि सडक फराकिलो बनाउन संरचना हटाउनुपरेको रामग्राम नगर प्रमुख धनपत यादवले दैनिक ट्वान्टीफोर खबरलाई जानकारी दिनुभयो ।
मापदण्ड अनुसारको सडक निर्माण गरि आवातजावतलाई सहज बनाउन ती संरचनाले अवरोध पुर्याएको बताउँदै नगर प्रमुख यादवले पटकपटक घरधनीलाई समय दिएर सूचना गर्दा पनि भत्काउन अटेरी गरेपछि नगरपालिका आफैले भत्काउन बाध्य भएको बताउनुभयो । नगरको सौन्दर्यीकरण र विकासमा अवरोध पुर्याउने यस किसिमका संरचना हटाउँदै जाने मेयर यादवले उल्लेख गर्नुभयो । घर भत्काएर अब सडक निर्माणको कामलाई क्रमशः अघि बढाउने उहाँले बताउनुभयो ।
लोकतान्त्रिक चोकदेखि पूर्वतर्फ प्याब्सनको कार्यालयसम्मको सडक बिस्तार गर्न अवरोध पुगेपछि एक विद्यालयसहित दुई वटा संरचना भत्काईएको वडा नं.३ का वडा अध्यक्ष उज्वल न्यौपानेले जानकारी दिनुभयो । नगरपालिकाले यसअघि नै निर्धारण गरेको सडकको बीचबाट दायाँबायाँ १२.५÷१२.५ फिट गरि २५ फिट भित्र मापदण्ड मिचेर बनाइएका संरचना डोजर लगाएर हटाईएको बताउँदै वडा अध्यक्ष न्यौपानले ती संरचना नहटाउँदा लामो समयदेखि सडक विस्तारमा बाधा पुगेको बताउनुभयो ।
अन्य संरचना पनि नाला निर्माण गर्ने समयमा भत्काइने वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी,कर्मचारी, सर्वसाधारण लगायतको रोहबरमा मापदण्ड विपरितका संरचनामा डोजर लगाईएको नगरपालिकाले जनाएको छ ।

St2

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%४%२%१%१%

प्रतिक्रिया दिनुहोस