२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बर्दघाटबाट चामलमा अखाद्य वस्तु हुन सक्ने आशंकमा नमूना संकलन गरी परीक्षणका लागि पठाईयो

२०८० कार्तिक १६, बिहिबार प्रकाशित (0 महिना अघि) ४९४ पाठक संख्या

परासी, १६ कात्तिक । पश्चिम नवलपरासीको बर्दघाट बजारका केही पसलबाट विक्री वितरण गरिएका चामलमा अखाद्य वस्तु रहेको जनगुनासो बढेपछि चामलको नमूना संकलन गरि परीक्षणका लागि पठाईएको छ । जनगुनासो प्राप्त हुनासाथ अनुगमन गरि चामल नियन्त्रणमा लिएर सम्बन्धित निकायमा परीक्षणका लागि पठाईएको बर्दघाट नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपमेयर एवं अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्यायको नेतृत्वमा खटिएको टोलीले बर्दघाटको वडा नं.४ र ५ बाढीपीडित क्षेत्रका खाद्यन्न पसलको अनुगमन गरेको हो । अनुगमनको क्रममा चामलमा अखाद्य वस्तु जस्तो देखिएकोले अखाद्य हो होईन भनी पुष्टि गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमूना परीक्षणका लागि पठाईएको उपमेयर उपाध्यायले जानकारी दिनुभयो ।
खाद्यन्न पसलमा विक्री गर्न राखिएका मोटा चामलमा अखाद्य जस्तै बस्तु भेटिएको छ, उपभोक्ता र व्यापारीहरुसमेत सचेत भएर खाद्यन्न किनमेल गर्नुपर्ने देखिन्छ, उहाँले भन्नुभयो । सो क्षेत्रका ५ वटा पसलबाट अखाद्य जस्तो देखिने करिब पाँच क्वीन्टल चामल बरामद गरिएको बर्दघाट नगरपालिकाका उद्योग वाणिज्य शाखा प्रमुख पशुपति गैरेले जानकारी दिनुभयो । परीक्षण पश्चात अखाद्य भए नभएको एकिन भएपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईने नगरपालिकाले जनाएको छ ।
अनुगमनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समिति सचिव कुस्माकर ढकाल, नगरपालिकाकाको राजश्व शाखा प्रमुख शारदा जिसी, उद्योग वाणिज्य शाखा प्रमुख पशुपति गैरे, कृष्ण कंडेल लगायतको सहभागिता थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस