२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम स्तूपबारेको भारतीय दुष्प्रचारप्रति रामग्राम नगरपालिकाले जनायो आपत्ति

२०८० कार्तिक १५, बुधबार प्रकाशित (0 महिना अघि) ४६५ पाठक संख्या

परासी, १५ कात्तिक । रामग्राम स्तूपबारेको भारतीय दुष्प्रचारप्रति पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आपत्ति जनाएको छ । भारतले आफ्नो भूमिमा रामग्राम स्तूप रहेको भन्दै प्रचार गर्न थालेको विषयमा नगरपालिकाले ध्यानाकर्षण भएको समेत जनाएको छ ।
भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्लाको सरकारी वैभसाईटमै रामग्राम स्तूप उक्त जिल्लाको सोहगीवरवामा रहेको भनी प्रचार गरिएको छ । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले एक विज्ञप्ति जारी गर्दै भारतको उक्त कार्यप्रति आपत्ति जनाउनुभएको हो ।
“पटकपटकका अध्ययन अनुसन्धानबाट गौतम बुद्धको अस्थिधातु रहेको सिंगो स्तूप नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ उजैनीमा बनाईएको चैत्य भित्र नै सुरक्षित रहेको पुष्टि भईसकेको अवस्थामा छिमेकी मुलुकबाट यस किसिमको दुष्प्रचार हुनु दुःखद विषय हो”, मेयर यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
रामग्राम नगरपालिका रामग्राम स्तूप क्षेत्रको बृहत्तर विकासको पहलमा निरन्तर लागिरहेको समयमा रामग्राम स्तूप भारत छ भनेर प्रचार गरिनु गलत मात्र नभई दुई देशको सम्बन्धमा आँच आउने कुरा भएको मेयर यादवको भनाई छ । नेपाल सरकारले तत्कालै कुटनीतिक पहल मार्फत भारतलाई गलत प्रचारको विषयमा सचेत गराउन उहाँले माग गर्नुभएको छ । साथै कुप्रचारको भ्रममा नपर्न पनि अपिल गरिएको छ ।
स्थानीय सरकारले मात्रै चाहेर रामग्राम स्तूपको विकास सम्भव नभएको उल्लेख गर्दै नगर प्रमुख यादवले संघीय सरकार यस विषयमा गम्भीर हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ । केही दिनमै रामग्रामको जियो फिजिक्स सर्भेसहितको काम अघि बढ्न लागेको पनि जनाईएको छ ।

Rr

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस