२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

उवासंघ नवलपरासीद्धारा १०० अक्सिजन सिलिन्डर रिफिलका लागि पृथ्वीचन्द्र अस्पताललाई चेक हस्तान्तरण

२०७८ जेष्ठ १६, आईतबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

मोहन पौडेल
परासी, १६ जेठ । उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले एक सय अक्सिजन सिलिन्डर रिफिलका लागि सहयोग गरेको छ । संघले आज एक सय सिलिन्डरमा अक्सिजन रिफिल गर्न लाग्ने रु ६० हजारको चेक पृथ्वीचन्द्र अस्पताललाई हस्तान्तरण गरेको हो ।
संघका कार्यबाहक अध्यक्ष ओमप्रकाश अग्रहरीसहितको संघको टोलीले अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई उक्त सहयोग हस्तान्तरण गरेको संघका महासचिव गिरीराज पाण्डेले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
नयाँ भेरिन्यन्ट सहितको कोभिड १९ को महामारीकामा उपचाररत कोभिडका बिरामीलाई अक्सिजनको अभाव नहोस् भन्ने उद्देश्यले निजी क्षेत्रको तर्फबाट उक्त सहयोग गरिएको संघका कार्यबाहक अध्यक्ष अग्रहरीले जानकारी दिनुभयो । संघमा आवद्ध उद्योगी व्यवसायीबाट संकलन गरेर उक्त सहयोग गरिएको बताउँदै उहाँले थप सहयोग गर्न परेमा पनि संघ तयार रहेको बताउनुभयो ।
संघका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले कोभिड १९ को संक्रमणबाट उद्योगी, व्यवसायी लगायत आम नागरिक नै प्रभाववित रहेकोले अक्सिजनको अभावमा कोहि पनि नागरिकिले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले निजी क्षेत्र सहयोग अभियानमा लागेको बताउनुभयो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष चौधरीले सहयोगप्रति आभार व्यक्त गर्दै अस्पतालको गतिविधिबारे जानकारी गराउनुभएको थियो । उद्योग वाणिज्य संघले पिसिआर मेसिन सञ्चालनका लागि पनि आफ्नो भवन उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो । उहाँले पिसिआर मेसिन सञ्चालनका लागि आवश्यक तयारीको प्रक्रिया शुरु भएको र अक्सिजन प्लान्ट तथा एचडियु सञ्चालनका लागि पनि टेन्डर आह्वान गरिएको बताउनुभयो ।
उक्त अवसरमा समाजसेवी थानप्रसाद गैरे, बुद्धन अलि, श्याम बस्याल, अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदा, उवासंघका वाणिज्य उपाध्यक्ष राजेश गुप्त, महासचिव पाण्डे, सचिव तारा आचार्य, कोषाध्यक्ष रामकुमार गुप्ता,सदस्य सम्झना चौधरी, भोला पराजुली, पिस क्लव ईन्टरनेशनलका अध्यक्ष शम्भु उपाध्याय, उपाध्यक्ष अर्जुन क्षेत्री लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस