२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

हप्तादिन भित्र सडक अबरोध हटाउन सरावल गाउँपालिकाको अल्टिमेटम

२०८० कार्तिक १३, सोमबार प्रकाशित (0 महिना अघि) ९७८ पाठक संख्या

परासी, १३ कात्तिक । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले सडकमा अव्यवस्थित रुपमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ ।
गाउँपालिकाले आज एक सूचना जारी गर्दै सडक अवरोध गर्ने निर्माण सामग्री तथा अन्य अवरोधजन्य सामग्री एक हप्ता भित्र व्यवस्थापन गर्न अल्टिमेटम दिएको हो ।

पालिका भित्रका मुख्य तथा भित्री सडकमा अव्यवस्थित रुपमा यस्ता सामग्री राखिएपछि सडक साँघुरो भएको,आवातजावतमा समस्या भएको तथा दुर्घटनाको जोखिम बढेको जनाएको छ ।

सडकमा राखिएका निर्माण सामग्री, अव्यवस्थित पार्किङ, सडक अतिक्रमण गरी घर पालुवा पशुपंक्षी बाँध्ने, अन्नबाली, पराल  राख्ने लगायत कार्यले सडक अबरोध भएको गुनासो आएको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी दिनुभयो । जसले गर्दा सडक दुर्घटना बढेको र सडक अवरोध भएको गुनासो आएपछि गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार तत्काल त्यस्ता सामग्री हटाउन निर्देशन दिइएको अध्यक्ष चौधरीले बताउनुभयो ।

सूचनालाई अटेर गरि सडक अवरोध कायम रहेमा गाउँपालिका आफै अबरोध हटाउन बाध्य हुने चेतावनी समेत गाउँपालिकाले दिएको छ ।

IMG 20231030 WA0000

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस