२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

मारवाडी सेवा संघ र युवा मञ्च नवलपरासीद्धारा नि:शुल्क पानी वितरण

२०८० कार्तिक ८, बुधबार प्रकाशित ( महिना अघि) ५५४ पाठक संख्या

 

परासी, ८ कात्तिक । मारवाडी सेवा संघ र मारवाडी युवा मञ्च नवलपरासीले परासीमा लागेको दशैँ मेला अवलोकन तथा घुम्न आएका सहभागीहरुलाई खानेपानी नि:शुल्क वितरण गरेको छ ।

परासीको हाटबजारमा प्रत्येक वर्ष दशैँको भोलिपल्ट लाग्ने बृहत दशैँ मेलामा हजारौंको सहभागिता हुने गरेको छ । उक्त मेला भर्न गाउँ गाउँबाट आएका अवलोकनकर्तालाई नि:शुल्क पानी उपलब्ध गराईएको मारवाडी सेवा संघ नवलपरासीका अध्यक्ष सुनिल मोदीले जानकारी दिनुभयो ।

यस किसिमका सामाजिक कार्य मारवाडी सेवा संघले अहिले शुरु गरेको र यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो । आजको कार्यक्रमबाट करिब दुई हजार दर्शनार्थीले नि:शुल्क पानीको सेवा लिएको उहाँले बताउनुभयो ।

परासीको घण्टाघर चोकमा स्टल राखेर पिउने पानी वितरण गरिएको थियोे । युवाहरु आफैं खटेर मेलामा अवलोकन गर्न आएका सहभागीलाई पानी वितरण गरिएको मारवाडी युवा मञ्च नवलपरासीका अध्यक्ष अबध किशोर अग्रवालले बताउनुभयो । पानी पिउनेहरुले कार्यक्रम राम्रो रहेको भन्दै धन्यवादसमेत दिएका थिए ।
यस किसिमको सामाजिक तथा समाजसेवी कार्यले मेला घुम्न आउनेलाई निकै सहजता प्रदान गरेको स्थानीय समाजसेवी रबि पाण्डेले बताउनुभयो ।
पानी वितरणमा सहभागि समेत हुनु भएका पाण्डेले भन्नुभयो -” गाउँ घरमा झैँ परासीमा पाईप चलाएर पानी खान्छु भनेर हेन्डपाईप पाईदैन्, यहाँ पानी किनेर खानु बाहेक कुनै उपाय छैन्, अलि अलि पैसा बोकेर मेला हेर्न आएका भाईबहिनीहरुले रु २५ हालेर पानी किनेर साध्य हुदैन्, मारवाडी समुदायको यो कार्य प्रशंसा योग्य छ”
नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवारले धेरै भीडभाड हुने मेला महोत्सवको समयमा पिउने पानी सहजै पाउन कठिन हुने भएकोले मारवाडी सेवा संघले गरेको कार्य राम्रो रहेको भन्दै परासीका अन्य संघ संस्थाले पनि यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

1698248658791

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस