२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम जेसीज र रामग्राम महिला जेसीजद्धारा शुभकामना आदानप्रदान

२०८० आश्विन २८, आईतबार प्रकाशित ( महिना अघि) ४१४ पाठक संख्या

परासी, २८ असोज । पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रामग्राम जेसीज र रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बडादशैँ, तिहार,छठ लगायतका महान पर्वहरुको अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्राम नगरवासी सबैको चाडपर्व उल्लासपूर्ण रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो । उहाँले रामग्राम नगरको विकासमा आफू लागिरहेको बताउँदै नगर विकासमा युवाहरुको पनि सहयोग आवश्यक रहेको बताउनुभयो ।
नगर प्रमुख यादवले रामग्राम स्तुप र कोलिया गणराज्यको राजधानी पण्डितपुरको विकासमा आफू लागिरहेको जानकारी दिनुभयो । ५२ करोडको लागतमा पोखरापालीदेखि पण्डितपुर जोड्ने सडक निर्माणको प्रक्रिया अघि बढेको नगर प्रमुख यादवले बताउनुभयो । उहाँले रामग्राममा अब सरसफाइ र वृक्षारोपण अभियानसहित ठूलाठूला योजनाहरु कार्यान्वयन हुन लागेको बताउनुभयो । उहाँले रामग्रामलाई चिनाउने स्थानीय उत्पादनमा लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।

Jci1

 

रामग्राम जेसीजका अध्यक्ष बेनीमाधव बस्याल र रामग्राम महिला जेसीजकी अध्यक्ष जोगमाया चौधरीको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम जेसीजका निवर्तमान अध्यक्ष अनिल उपाध्याय, पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, पूर्व अध्यक्ष सुमन गोपाल आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष पुष्पा लामा, रामनगर जेसीजका अध्यक्ष कुस्माखर चापागाइ, सुनवल जेसीजका अध्यक्ष विकास आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीजका महासचिव विष्णुराज रावले जानकारी दिनुभयो ।
रामग्राम महिला जेसीजकी कार्यकारिणी उपाध्यक्ष विनिता खड्काको आस्था पाठ, रामग्राम जेसीजका महासचिव रावको सञ्चालन तथा रामग्राम जेसीजका कार्यकारिणी उपाध्यक्ष राजु देवानको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस