२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाली कांग्रेसका नेता कण्डेल र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

२०८० आश्विन २७, शनिबार प्रकाशित ( महिना अघि) ४११ पाठक संख्या

महेश यादव
नवलपरासी, २७ असोज । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कण्डेलबीच भेटवार्ता भएको छ ।
शुक्रबार उत्तरप्रदेशको प्रयागराज,लखनउ स्थित मुख्यमन्त्री योगीको कार्यकक्षमा भएको भेटवार्तामा पूर्व गृहराज्य मन्त्री कंडेलले उत्तर प्रदेश राज्यसंग जोडिएकाे नेपाल र भारतका सिमा क्षेत्रमा हुने समस्या न्यूनीकरण , सहज आवत–जावत,ब्यापार नीति,नेपालका धार्मिक,पर्यटकिय लगायतका क्षेत्रमा प्राथमिकता दिन र थप समन्वय गरी विकास कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उक्त भेटवार्तामा नेपाल भारतबीचको सम्बन्ध सुदृढ रहिरहने बिषयबस्तुमा समेत कुरा भएको कांग्रेस नेता कंडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिनुभयो । नेता कण्डेलले नवलपरासी सहित नेपालका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि मुख्यमन्त्री योगीलाई निम्तो समेत दिनु भएको झ ।
मुख्यमन्त्री योगीले छिटै नेपाल भ्रमणमा आउने बताउनु भएको थियोे ।भेटवार्तामा उत्तरप्रदेशका पूर्व मन्त्री सुजन त्रिपाठी , ब्यवसायी योगेश बाजपेयी लगायतको पनि सहभागिता थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस