२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाल पूर्व प्रहरी संगठनका प्रदेश सदस्य सैथवारद्धारा संगठनबाट अलग भएको घोषणा

२०८० आश्विन २२, सोमबार प्रकाशित ( महिना अघि) ५५४ पाठक संख्या

परासी, २२ असोज । नेपाल पूर्व प्रहरी संगठनका लुम्बिनी प्रदेश सदस्य राधेश्याम सिंह सैथवारले संगठन परित्याग गरेको घोषणा गर्नुभएको छ । पूर्व प्रहरी संगठन स्वेच्छाचारी र हैकमवाद प्रवृत्तिले सञ्चालन भईरहेको भन्दै प्रदेश सदस्य सैथवारले संगठनबाट अलग भएको घोषणा गर्नुभएको हो ।
नेपाल प्रहरीबाट अवकाश प्राप्त पूर्व प्रहरी निरीक्षक सैथवारले आज एक विज्ञप्ति जारी गर्दैैै पूर्व प्रहरी संगठनको सबै जिम्मेवारी त्याग गरेको घोषणा गर्नुभएको हो । नवलपरासीको रामग्राम नगरपालिका हकुईका स्थायी बासिन्दा सैथवार पूर्व प्रहरी संगठनको प्रदेश सदस्य,जिल्ला कार्य समिति नवलपरासीको सल्लाहकार र संगठनको आजिवन सदस्य हुनुहुन्थयो । संगठनको हालै सम्पन्न केन्द्रीय महासम्मेलन तथा साधारणसभामा नवलपरासी जिल्ला समितिलाई कुनै जानकारी नगराईएकोप्रति उहाँले घोर आपत्ति जनाउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पूर्व प्रहरी कर्मचारीको हकहितमा कार्य गर्नुपर्नेमा कथित नेपाल पूर्व प्रहरी संगठन बनेपछि संगठनलाई हैकम र एकाधिकार प्रवृत्तिबाट सञ्चालन गर्ने काम गरिएको छ ।” महासम्मेलनबाट नयाँ नेतृत्व चयन गर्दा जिल्ला समितिलाई वाईपास गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

R2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस