२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

२७ क्वीन्टल अवैद्य चिनीसहित पिकअप प्रहरीको नियन्त्रणमा

२०८० आश्विन २०, शनिबार प्रकाशित ( महिना अघि) ३४२ पाठक संख्या

परासी, २० असोज । पश्चिम नवलपरासी प्रहरीले २७ क्वीन्टल अवैद्य चिनी बरामद गरेको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं.८ स्थित भैँसीबजार क्षेत्रबाट आज विहानको समयमा पिकअपमा ल्याउँदै गरेको अवैद्य चिनी प्रहरीले नियन्त्रणमा लिएको हो ।
लु ३ च ४९६६ नम्बरको पिकअप गाडिमा दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरी टोलीले ५४ बोरामा रहेको २७ क्वीन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
चिनीको बिल लगायतका कागजात नभएको र प्रहरीले देखेपछि पिकअप छोडेर चालक फरार भएपछि पिकअपसहितको चिनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चिनीको मूल्य एक लाख २९ हजार ६०० रुपैँया तथा पिकअप गाडिको मूल्य रु दश लाख गरि रु ११ लाख २९ हजार ६०० रुपैँया बराबरको अवैद्य सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाईएको डिएसपी बोहराले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस