२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

कोभिड व्यवस्थापनका लागि सरावल गाउँपालिकाद्धारा पृथ्वीचन्द्र अस्पताललाई रु पाँच लाख सहयोग

२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित ( साल अघि) ९७९ पाठक संख्या

परासी, १४ जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई रु पाँच लाख सहयोग हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय र प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले आज संयुक्त रुपमा अस्प्ताल विकास समितिका अध्यक्ष जगदीश चौधरीलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नभएको हो।
कार्यपालिकाबाट निर्णय गरी अस्पताललाई कोभिड व्यवस्थापनका लागि उक्त सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले दैनिक 24 खबर डटकमलाई बताउनुभयो । अस्पतालमा हाल अधिकांश कोरोना संक्रमित बिरामी उपचारमा रहेको र सरावल गाउँपालिकाका बिरामी पनि सोही अस्पतालमा उपचाररत रहेकोले अस्पताललाई कोभिड व्यवस्थापनमा सहयोग गरेको उहाँले बताउनुभयो ।
अस्पतालमा एचडियु सेवा, अक्सिजन प्लान्ट, आईसियु तथा अन्य उपकरण खरिदका लागि संघीय सरकारबाट करिब रु ६ करोड र प्रदेश सरकारबाट पनि नियमित खर्च बापद रु पन्ध्र लाख प्राप्त भएकोले गाउँपालिकाबाट प्राप्त रकम पिसिआर मेसिन सञ्चालनका लागि खर्च गरिने अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो ।
यसअघि रामग्राम नगरपालिकाले एचडियु सेवा सञ्चालनका लागि दिएको रु दश लाख पनि पिसिआर सञ्चालनमा खर्च गरिने उहाँले बताउनुभयो । पिसिआर मेसिन सञ्चालनका लागि अहिले सम्म विस लाख रुपैँया सुनिश्चित भएकोले अव टेन्डर मार्फत प्रक्रिया अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%

प्रतिक्रिया दिनुहोस