२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्याराडाईज स्कुलको बुक फ्रि डे कार्यक्रम : विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन

२०८० आश्विन १९, शुक्रबार प्रकाशित ( महिना अघि) ५५९ पाठक संख्या

परासी, १९ असोज । प्रत्येक शुक्रबार बुक फ्रि डे मनाउँदै आएको पश्चिम नवलपरासीको रामग्राम–१६ हकुईस्थित द प्याराडाईज नेशनल ईङ्गलिस बोर्डिङ्ग स्कुलमा विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा सचेतना जगाईएको छ । हरेक शुक्रबार व्यवहारिक र जीवन उपयोगी सीप तथा ज्ञान सिकाउने क्रममा आजको शुक्रबार विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा सचेत गराईएको विद्यालयले जनाएके छ ।
ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घटना बढ्दै गएकोले विद्यालयले विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि कक्षा सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल बलिराम यादवले बताउनुभयो । ट्राफिक नियम सम्बन्धि जानकारी दिन र विद्यार्थी मार्फत अभिभावकले पनि ट्राफिक सम्बन्धि जानकारी लिन सकुन् भन्ने उद्देश्यले ट्राफिक प्रहरी पोष्ट परासीसँगको सहकार्यमा उक्त कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
ट्राफिक नियमको पालना नगर्दा वर्षेनी ठुल्ठुला सवारी दुर्घटना हुने गरेको र कतिपयको अकालमै ज्यान जाने गरेकोले पनि विद्यार्थीलाई ट्राफिक नियम सिकाउन आवश्यक रहेको विद्यालयका प्रिन्सिपल यादवले बताउनुभयो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय परासीका प्रहरी सहायक निरीक्षक मोतिलाल विक र प्रहरी हवल्दार नारायण कार्कीले ट्राफिक नियमहरुको विषयमा प्रशिक्षण दिनुभएको विद्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस