२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेकपा एसको जागरण यात्रा असोज २२ गते नवलपरासी आउने

२०८० आश्विन १८, बिहिबार प्रकाशित ( महिना अघि) २६९ पाठक संख्या

बर्दघाट, १८ असोज । नेकपा एकिकृत समाजवादीको ‘समाजवादी जागरण यात्रा २०८०’ असोज २२ गते पश्चिम नवलपरासी आउने भएको छ ।
यात्रा सम्बन्धि जानकारी गराउन एकिकृत समाजवादी पार्टिको नवलपरासी पश्चिम जिल्ला कमिटिले पत्रकार सम्मेलन गरी असोज १४ गते झापाबाट सुरु भएको यात्रा पश्चिम नवलपरासी आउन लागेको जानकारी गराएका हो ।
नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारीले अभियान अन्तरगत बर्दघाटमा सांस्कृतिक कार्यक्रम, सडक नाटक तथा कोण सभा गरिने बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘संविधान निमार्णको क्रममा प्रस्तावनामै लेखिएका केही विषयहरु अहिले सम्म पुरा भएका छैनन्, ति विषयहरुमा जनतालाई सुसुचित गराउन जागरण यात्रा शुरु गरिएको हो ।’
बेरोजगारी उन्मुलन, कृषि उत्पादनको ग्यारेन्टि, युवा पलायन, राष्ट्रिय उद्योग धन्दाको संरक्षण, संस्कृति माथिको अतिक्रमण, राष्ट्रियता र सिमा, समाजवादी कार्यक्रम र विचारको पुर्नगठन र वर्ग संघर्ष, पार्टि संगठनको पुर्नगठन, भष्ट्रचारको उन्मुलन, बढ्दो राष्ट्रिय खर्चको कटौती लगायतका विषयहरुलाई जनतामाझ लैजान अभियान सुरु गरिएको अधिकारीले बताउनुभयो ।
अधिकारीले भन्नुहुन्छ ‘देश संघिय संरचनामा गएपछि देशलाई आर्थिक भार चर्को परेको छ, आर्थिक भार कम गर्नको लागि संविधान संशोधन गर्न सक्नुपर्छ ।’
पत्रकार सम्मेलनमा एकिकृत समाजवादीकी पश्चिम नवलपरासी सह–इन्चार्ज लक्ष्मी भुषाल, जिल्ला अध्यक्ष यज्ञ प्रसाद खनाल, जिल्ला सचिव कुमार आले, जिल्ला कमिटि सदस्य प्रेम भुजेल, शुसिला देवकोटा, राजेन्द्र गौतमको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस