२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सांसद प्रधानको पहलमा भक्सिपुर झरही खोला र पानभार खोलामा पुल बन्ने,डिपीआर बन्दै

२०८० आश्विन १६, मंगलबार प्रकाशित ( महिना अघि) ९३५ पाठक संख्या

परासी, १६ असोज । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानको पहलमा पश्चिम नवलपरासी क्षेत्र नं.२ मा दुई वटा मोटरवेल पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि संघीय सरकारले डिपीआर बनाउन लागेको छ ।
नवलपरासी–२ बाट निर्वाचित सांसद प्रधानले परासी–महेशपुर सडक खण्ड अन्तरगत पाल्हीनन्दनको भक्सीपुरमा पर्ने झरही खोला पुल र सुनवल–१३ स्थित सुनवल–१३ र ११ जोड्ने बाबा बर्दगोरिया पानभार खोलामा पुल निर्माणका लागि शहरी विकास मन्त्रालयसँग पहल गर्नुभएको थियो । सांसद प्रधानको पहलपछि मन्त्रालयले दुवै स्थानको पुल बनाउन डिपीआर निर्माण गर्न लागेको हो ।

2

भक्सीपुलको झरही खोलाको पुल बनाउने सांसद प्रधानको चुनावी एजेन्डा नै थियो । यस क्षेत्रबाट धेरै पटक चुनाव जितेर सांसद भएका व्यक्तिहरुले उक्त पुल बनाउन पहल नगरेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए । डिपीआर निर्माणपछि पुल निर्माणको काम शुरु हुने सांसद प्रधानले बताउनुभयो ।

Hh

 

भक्सीपुरको पुल साँघुरो र होचो हुँदा बाढीको समययमा आवातजावतमा कठिनाई हुँदै आएको छ । महेशपुर भन्सार मूल भन्सारमा परिणत भएसँगै उक्त पुलले नधान्ने भएकोले यहाँ नयाँ पुल बनाउनुपर्नेमा स्थानीयवासीले माग गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%६%१%१%

प्रतिक्रिया दिनुहोस