२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नेपाल उद्योग तथा व्यवसाय महासंघ नवलपरासीको प्रथम अधिवेशन, अध्यक्षमा न्यौपाने

२०८० आश्विन १६, मंगलबार प्रकाशित ( महिना अघि) ३९५ पाठक संख्या

परासी, १६ असोज । नेपाल उद्योग तथा व्यवसाय महासंघ जिल्ला कमिटी पश्चिम नवलपरासीको अध्यक्षमा लेखनाथ न्यौपाने चयन हुनुभएको छ । महासंघको आज बर्दघाटमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट बर्दघाटका व्यवसायी न्यौपानेको अध्यक्ष रहेको ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
न्यौपाने बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुनुहुन्छ । महासंघको नवनिर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा धर्मागत भुसाल र बुद्धिमाया विक, सचिवमा शोभाकान्त कोईराला, उपसचिवमा कल्पना ज्ञवाली,सञ्जय मौर्य, नारायण ढकाल तथा कोषाध्यक्षमा रविन्द्र सिंह लगायत रहनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसाय महासंघकी केन्द्रीय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष लक्ष्मी क्षेत्रीको अध्यक्षता तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यमा साधारणसभा तथा अधिवेशनको उद्घाटन गरिएको थियो । उक्त अवसरमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष माधव नेपाल, एमालेका प्रदेश सदस्य थानप्रसाद गैरे, जिल्ला सचिव धीरज शर्मा बस्याल, उपसचिव राजनकुमार आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस