२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्रामका कुर्मी लागूऔषध सहित पक्राउ

२०८० आश्विन १४, आईतबार प्रकाशित ( महिना अघि) ६७८ पाठक संख्या

परासी,१४ असोज । पश्चिम नवलपरासी प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामग्राम नगरपालिका -१३ पाडाटिकरका ३५ वर्षीय विजय कुर्मी रहेको प्रहरीले जनाएको छ ।
नवलपरासीको सरावल गाउँपालिका-६ स्थित भित्री सडक खण्डमा मोटरसाइकलमा आउँदै गरेको अवस्थामा कुर्मीलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले लु १२ प २९३६ को मोटरसाइकलमा भारतीय सीमा क्षेत्रबाट आउँदै गरेका कुर्मीलाई शंका लागि सोधपुछ गरेको थियोे । जाँच गर्दा उनको साथबाट नाईट्रोभेट ३०० ट्याब्लेट,ओनेरेक्स १०० मिलिलिटरको २९ सिसी र स्पास्मो १४४ ट्याब्लेट फेला परेको डिएसपी पाण्डेले बताउनुभयो ।

पक्राउ परेका कुर्मीको साथबाट लागूऔषध,मोटरसाइकल तथा एक थान मोबाइल सेट सहित कुर्मीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%

प्रतिक्रिया दिनुहोस