२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

हकुईको प्याराडाईज बोर्डिङ्ग स्कुलमा बुक फ्रि फ्राईडे लागू,व्यवहारिक ज्ञान सिक्दै विद्यार्थी

२०८० आश्विन १३, शनिबार प्रकाशित ( महिना अघि) ६०१ पाठक संख्या

परासी, १३ असोज । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको द प्याराडाईज नेशनल ईङ्गलिस बोर्डिङ्ग स्कुलका विद्यार्थी प्रत्येक शुक्रबार बुक फ्रि फ्राईडे कार्यक्रममा रमाउन थालेका छन् । प्रत्येक शुक्रबार विद्यार्थीलाई व्यवहारिक र जीवन उपयोगी सीप सिकाउने उद्देश्यले बुक फ्रि फ्राईडे कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।
पढाईसँगै विद्यार्थीलाई सानै देखि व्यवहारिक ज्ञान दिनका लागि गत शुक्रबारदेखि विद्यालयमा प्रत्येक शुक्रबार बुक फ्रि डे मनाउने गरिएको विद्यालयका प्रिन्सिपल बलिराम यादवले दैनिक ट्वान्टीफोर खबरलाई बताउनुभयो । शुक्रबारको दिन अव विद्यार्थीले पुस्तक ल्याउन नपर्ने र नियमित रुपमै विद्यालय आएर व्यवहारिक ज्ञान सिकेर जाने उहाँले जानकारी दिनुभयो ।
बुक फ्रि डे शुरुवात गरिएको अघिल्लो शुक्रबार विद्यार्थीलाई व्यक्तिगत सरसफाइको विषयमा ज्ञान प्रदान गरिएको थियो भने यो शुक्रबार खाना पकाउने ज्ञान प्रदान गरिएको प्रिन्सिपल यादवले बताउनुभयो । कक्षा ७,८ र ९ का विद्यार्थीहरु खाना पकाउने क्रियाकलापमा सहभागि भएका थिए । शुक्रबार किताब बाहेक अतिक्ति ज्ञान र सीप सिक्न पाउँदा विद्यार्थीहरु उत्साहित भएका छन् । यस कार्यक्रमलाई निरन्तरता दिईने विद्यालयले जनाएको छ ।

P2 P3 P4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस