२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

सुनवलमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

२०८० आश्विन १२, शुक्रबार प्रकाशित ( महिना अघि) ५३८ पाठक संख्या

परासी, १२ असोज । पश्चिम नवलपरासीको सुनवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं.१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवास रहेको नवलपरासी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत सुनवल ४ गैरे पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु ३९ प ३५५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सिमेन्टको पोलमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाईते भएका सोही मोटरसाइकलमा सवार खवासको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पतालमा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका मोटरसाईकल चालक रामग्राम १४ वस्ने २१ वर्षीय अंगद यादवलाई आज विहान सुनवल ७ ज्यामिरेबाट नियन्त्रणमा लिएको डिएसपी बोहराले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%३%१%

प्रतिक्रिया दिनुहोस