२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा दिन ईत्तेहाद संगठनको माग

२०८० आश्विन १०, बुधबार प्रकाशित ( महिना अघि) ३२० पाठक संख्या

परासी, १० असोज । नेपाल मुस्लिम ईत्तेहाद संगठन जिल्ला कार्य समिति नवलपरासीले मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिन माग गरेको ेछ । संगठनले आज एक विज्ञप्ति जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै विदा दिन सरकारसँग माग गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष रियाजुलहक अन्सारीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भोली विहीबार मनाईने मोहम्मद जयन्तीको अवसरमा राष्ट्रिय विदा दिन माग गरिएको हो । मुस्लिम समुदायले यस वर्ष भोली मोहम्मद जयन्ती मनाउँदैछन् ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो अलैहे वसल्लमको शुभ जन्मोत्सवलाई मुस्लिम धर्मावलम्बीले विशेष दिनको रूपमा मनाउने गरेका छन् । साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस