२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राम भत्ता काण्डका दोषीलाई कारवाही नभए जनकारवाही गर्छाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

२०८० आश्विन १०, बुधबार प्रकाशित ( महिना अघि) ५०४ पाठक संख्या

परासी,१० असोज । मोहन बैद्य ’किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले ‘रामग्राममा मुल्यांकन समितिको काम, २५ लाख झ्m्वाम’ शिर्षकको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त पार्टीका जिल्ला संयोजक समरले मंगलवार एक प्रेस बिज्ञप्ति जारी गर्दै रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियम विपरित २५ लाख रुपैया भत्ता लिएर झ्वाम पारेको र नगरपालिकामा कर्मचारीको मिलिमतोमा नियम विपरित वैठक भत्ताका नाममा अनियमितता भएको उक्त समाचारले जिल्लावासीको शिर निहुराएको बताउनुभएको हो ।
प्रेस बिज्ञप्तिमा भष्ट्राचारीहरु वर्गदुश्मन रहेको समेत उल्लेख गर्दै भनिएको छ – ’वर्तमान अवस्थामा राज्यका हरेक तहमा ब्याप्त भष्ट्रचार, कमिशनखोरी तथा बिभिन्न प्रकारका बिकृति विसंगतिका बिरुद्ध जनतालाई आन्दोलित बनाउदै हाम्रो पार्टीले नयाँ तरङ्ग पैदा गरेको अवगत नै भएको बिषय हो । संस्थागत भष्ट्रचार यो दलाल संसदीय ब्यवस्थाको साझा चरित्र जस्तै बन्दै आएको छ । भष्ट्राचारीहरु जुनसुकै ओहोदामा बसेका भएपनि जनताका वर्गदुश्मन हुन् ।’
रामग्रामको उक्त भष्ट्राचार काण्डमा जनताको करको चरम दुरुपयोग भएको सो पार्टीले ठहर रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला संयोजक समरद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा भष्ट्राचार काण्डमा संम्लग्नहरु माथि छानविन गरेर कानुनी कारवाही गर्न माग गरिएको छ । ’यदि भष्ट्राचारमा संलग्न माथि ढाकछोप गर्ने र कानुनी दायरामा ल्याउन आनाकानी गरिन्छ भने हाम्रो पार्टी जनकारवाही उत्रिन बाध्य हुने ब्यहोरा यसै प्रेस बिज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौ ’ – बिज्ञप्तिमा उल्लेख छ ।

K

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस