२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

लक्ष्मिपुरमा रामग्राम नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, कुशन बनाउने तालिम पनि शुरु

२०८० भाद्र २९, शुक्रबार प्रकाशित ( साल अघि) ३४६ पाठक संख्या

परासी, २९ भदौ । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.१० लक्ष्मिपुर स्थित जनता माविमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
रामग्राम नगरपालिकाको सहयोगमा खुल्ला सामुदायिक सिकाई केन्द्र मन्झरियाको आयोजनामा ईन्टरनेटको बढ्दो प्रयोग र बालबालिकामा यसको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।
रामग्राम नगरपालिका भित्रका ८ वटा विद्यालयका विद्यार्थीहरुले भाग लिएको उक्त प्रतियोगितामा आदर्श नमूना मावि परासीका शंकर रौनियार प्रथम, लिटिल एञ्जेल्स मावि परासीकी सयालिका बराल द्धितीय, हिलोरियस चिल्डे«न एकेडेमी बैरिहवाकी चाँदनी कशौधन तृतीय तथा राष्ट्रिय मावि पण्डितपुरकी सिर्जना पासी सान्त्वना हुनुभएको खुल्ला सामुदायिक सिकाई केन्द्रका सदस्य एवं कार्यक्रम संयोजक भवानी शंकर चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सिकाई केन्द्रका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनता मावि लक्ष्मिपुरका प्रधानाध्यापक ईन्द्रकमल यादव, सहायक प्रधानाध्यापक रामलखन हरिजन,प्रमुख निर्णायक दीपक बराल क्षेत्री,निर्णायक सदस्य एवंं दैनिक ट्वान्टिफोर खबरका सम्पादक मोहन पौडेल, आदर्श नमूना माविका शिक्षक नीरज ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
खुल्ला सामुदायिक सिकाई केन्द्रको आयोजनामा आजै कुशन तथा डल बनाउने दश दिने तालिम पनि उद्घाटन गरिएको छ । तालिममा स्थानीय २० जनाको सहभागिता रहेको छ भने सोनम क्षेत्रीले प्रशिक्षण दिनुहुने आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस