२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

अध्यक्ष चौधरीद्धारा जन्मदिनको अवसरमा दृष्टिबिहिन बालबालिकालाई पोशाक र दर उपहार

२०८० भाद्र २५, सोमबार प्रकाशित ( साल अघि) ५२८ पाठक संख्या

मोहन पौडेल
परासी, २५ भदौ । पश्चिम नवलपरासीस्थित रामग्राम महिला जेसीज वर्ष २०२३ की अध्यक्ष जोगमाया चौधरीले दृष्टिबिहीन बालबालिकालाई पोशाक वितरण तथा दर खुवाएर आफ्नो जन्मदिन मनाउनुभएको छ । अध्यक्ष चौधरीले आज आफ्नो जन्मदिन र हरितालिका तीजको समेत अवसर पारेर परासीस्थित आदर्श माविका दृष्टिविहीन बालबालिकालाई पोशाक र दर उपहारको रुपमा दिएर मनाउनुभएको हो ।
रामग्राम महिला जेसीजको आयोजनामा अध्यक्ष चौधरीले आफ्नो जन्मदिनको अवसरमा आदर्श माविमा अध्ययनरत २४ जना दृष्टिविहीन बालबालिकालाई पोशाक वितरण गरिएको र हरितालिका तीज समेत नजिकिँदै गएकोले बालबालिकाहरुलाई दर खुवाएर जन्मदिन मनाएको रामग्राम महिला जेसीजकी अध्यक्ष चौधरीले बताउनुभयो । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मसाथ गर्दै जन्मदिनको अवसरमा हुने फजुल खर्च बचाएर दृष्टिविहीन बालबालिकासँग खुशी साटासाटा गर्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले जन्मदिन र तीजको अवसर पारेर दृष्टिविहीन बालबालिकालाई सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो । महिला जेसीजले मानवताको सेवामा गर्दै आएका कार्यहरु प्रशंसनीय रहेको बताउँदै उहाँले एक दिन भएपनि विपन्न समुदायको मुहारमा खुशी छाएको बताउनुभयो । रामग्राम महिला जेसीजकी संस्थापक कार्यकारिणी उपाध्यक्ष समेत रहनुभएकी उपमेयर चौधरीले आगामी दिनमा पनि मानवीय सेवा र सामाजिक सेवासँगै जेसीजका सदस्यहरुको सक्रियतामा पनि जोड दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, आदर्श माविका प्रधानाध्यापक दीपक भट्टराई, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष पुष्पा लामा, कार्यक्रम संयोजक बविता जयसवाल लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम महिला जेसीजकी महासचिव डोल्मा चौधरीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस