२०८३ बैशाख २६, शनिबार
24 खबर अपडेट

महाकवि देवकोटा माविमा नगर स्तरीय अन्तर मावि तीज गीत प्रतियोगिता सम्पन्न

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) ११२२ पाठक संख्या

 

सुनवल, २३ भदौ । सुनवल नगरपालिका स्तरिय अन्तर मावि तीज गित प्रतियोगिता २०८० महाकवि देवकोटा नमुना मावि सुनवलमा सम्पन्न भएको छ । महाकवि देवकोटा नमुना माविको आयोजना तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा अन्तराष्ट्रिय साक्षरता दिवस तथा हरितालिका तीजनको अवसर पारेर प्रतियोगीता आयोजना गरिएको थियो ।
प्रतियोगितामा जनसेवा मावि विसासय प्रथम , ज्योति मावि अस्नैया द्धितीय र प्रगति मावि स्वाठि तृतीय भएको विद्यालयका प्रधानाध्यापक खेमलाल जोशी शर्माले जानकारी दिनुभयो ।
त्यस्तै रमवापुर मावि रमवापुर र वाकवाणी मावि जर्गाहाले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयले ५ हजार दोस्रो स्थान हासिल गर्ने विद्यालयले ३ हजार र तेस्रो स्थान हासिल गर्ने विद्यालयले २ हजार प्राप्त गरेका छन भने सान्त्वना स्थान हासिल गर्ने दुई विद्यालयले १÷१ हजार रुपैँया प्राप्त गरेको आयोजकले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उप्रमुख सुर्य प्रसाद दुवेको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो भने सुनवल नगरपालिका नगर प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन कार्यक्रम गरिएको थियो । सोहि अवसरमा भारतिय आर्मिबाट सेवा निवृत भई ५५ बर्षको उमेरमा कक्षा १२ पास गर्नुहुने हरि वहादुर खत्रिलाई महाकवि देवकोटा नमुना माविले दोसल्ला र मायाको चिनोले सम्मान गरेको विद्यालयले जनाएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका अध्यक्ष श्यामकला भण्डारी, निवर्तमान अध्यक्ष भरत क्षेत्री र पुर्व अध्यक्ष महेन्द्र रेग्मी निर्णयक रहनुभएको तीज गित प्रतियोगीतामा सुनवल नगरपालिका भित्रका १३ विद्यालयको सहभागिता रहेको थियो । तीज गित प्रतियोगीतामा सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत पशुपति भट्राई लगाएत शैक्षिक एवं वौद्धिक वर्ग र विद्यार्थीहरुको वाक्लो उपस्थिती रहको उक्त कार्यक्रम महाकवि देवकोटा नमुना माविका शिक्षक हेमा न्यौपानेले संचालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस