२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पाल्हीनन्दनको लोहरौलीमा निःशुल्क आँखा शिविर सञ्चालन, ४०० बिरामी लाभान्वित

२०८० भाद्र २२, शुक्रबार प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

मोहन पौडेल
परासी, २२ भदौ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ स्थित लोहरौलीमा बृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा स्थानीय चार सय जनाले आँखा परीक्षण गरि लाभ लिएका छन् ।
नेपाल नेत्र ज्योति संघ, डा.विनोद निता कण्डेल आँखा अस्पताल परासीको मूख्य आयोजना तथा प्राविधिक सहयोग एवं शिव पार्वती सिद्धधाम संरक्षण संस्था लोहरौलीको स्थानीय आयोजना तथा व्यवस्थापनमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा स्थानीय चार सय जनाको आँखा परीक्षण गरिएकोमा दुई सय जनामा मोतियाविन्दु देखिएको अस्पतालका व्यवस्थापक डा.तुलसी प्रसाद पराजुलीले दैनिक ट्वान्टिफोर खबरलाई जानकारी दिनुभयो ।
मोतियाविन्दु देखिएका दुई सय बिरामीलाई डा.विनोद निता कण्डेल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उहाँले बताउनुभयो । शिविरमा अस्पतालका नेत्र अधिकृत नेत्रबहादुर मगर र नेत्र सहायक सुपरभाईजर राधिका यादव नेतृत्वको टोलीले आँखा परीक्षण गरेको थियो । आफ्नै घर नजिकमा निःशुल्क आँखा परीक्षण गर्न पाउँदा स्थानीय हर्षित भएक थिए ।
शिवपार्वती सिद्धधाम संरक्षण संस्था लोहरौलीका अध्यक्ष रामनरेश दास पटनवारको अध्यक्षता तथा डा.विनोद निता कण्डेल आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष मञ्जु कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कण्डेलले यस क्षेत्रका आँखाका बिरामीलाई अस्पतालले सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले अस्पताल पुग्न नसकेका तथा गाउँघरमै लुकेर रहेका आँखाका बिरामीलाई घरदैलौमै सेवा पुर्याउन अस्पतालले समुदायस्तरमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको पनि बताउनुभयो ।
उक्त अवसरमा नेपाल नेत्रज्योति संघ.डा. विनोद निता कण्डेल आँखा अस्पतालका कोषाध्यक्ष अमरचन्द्र अग्रवाल, सहकोषाध्यक्ष लक्ष्मीनारायण गुप्ता, सदस्य केशव ढुंगाना, नेत्र अधिकृत नेत्र बहादुर मगर, वडा अध्यक्ष रविन्द्र सहानी, शिवपार्वती सिद्धधाम संरक्षण संस्थाका राजेशमणि पटेल, मानेश्वर सहानी लगायतले आँखा शिविर र आँखा सुरक्षाको विषयमा प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस