२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रेडक्रस स्थापना दिवसको अवसरमा परासीको बुद्धचोकमा कचहरी सडक नाटक प्रदर्शन

२०८० भाद्र १९, मंगलबार प्रकाशित ( साल अघि) ५६६ पाठक संख्या

मोहन पौडेल
परासी, १९ भदौ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा कचहरी सडक नाटक प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औँ स्थापना दिवसको अवसरमा रक्तदानको महत्वबारे जनचेतना जगाउने उद्देश्यले परासी बजारको बुद्धचोकमा आज सडक नाटक देखाईएको हो ।

Na2

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीको आयोजना तथा क्यानेडिएन रेडक्रसको सहयोगमा भएको उक्त कचहरी सडक नाटकमा रेडक्रसका स्वयमसेवकहरुले अभिनय गरेका थिए । विशेषगरी रक्तदानको विषयमा रहेका भ्रमहरु चिर्दै रक्तदानको महत्व बुझाउन सडक नाटकको माध्यम प्रभावकारी देखिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र प्रसाद अग्रहरीले बताउनुभयो ।
जीवनलाल श्रेष्ठ, रेनुनाथ योगी र अनुप खड्काको लेखन तथा निर्देशन रहेको उक्त कचहरी फे्रमको सडक नाटकमा रक्तदानको महत्व, रक्तदान गर्दा हुने फाईदा, रक्तदानबारे समुदायमा रहेको भ्रम चिर्दै रक्तदानका लागि अभिप्रेरित गर्ने लगयातका विषयमा सचेतना जगाईएको थियो भने २० वर्ष नपुगि विवाह गर्न नहुने, समाजमा आपतविपद गर्दा एक अर्कालाई सहयोग गर्नुपर्ने, दुई पक्षबीच विवाद हुँदा थप विवाद हुन नदिन समुदायले मेलमिलापको वातावरण बनाउनुपर्ने लगायतका सन्देश पनि दिईएको थियो ।

Na3

 

कचहरी नाटक सम्बन्धी पाँच दिनको प्रशिक्षणपछि नवकलाकारहरुले सडक नाटक प्रस्तुत गरेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका स्वास्थ्य अधिकृत अनुप खड्काले बताउनुभयो । नवोदित कलाकारहरुले गरेको पहिलो प्रस्तुति नै आकर्षक भएको उहाँले बताउनुभयो । सडक नाटक हेरेका दर्शकहरुले समेत कचहरी नाटक निकै प्रभावकारी रहेको बताएका थिए ।

Na4

 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीले रेडक्रसका स्वयमसेवकलाई सुनवलमा पाँच दिनको प्रशिक्षण दिएको थियो । जीवनलाल श्रेष्ठ, रेनु नाथ योगी र अनुप खड्काले कचहरी नाटकबारे प्रशिक्षण गर्नुभएको थियो । उक्त प्रशिक्षणको पनि आजै समापन गरिएको छ ।

T

 

रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने, जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्री, रुद्रकुमारी कँडेल,प्रशिक्षक जीवनलाल श्रेष्ठ, वरिष्ठ जिल्ला शाखा .अधिकृत मुरारी गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
यसैबीच नेपाल रेडक्रस सोसाईटीको ६१ औँ स्थापना दिवसको अवसरमा आज विहान नवलपरासी रेडक्रसले बिरामीलाई फलफूल वितरण गरेको छ । जिल्ला शाखाका सभापति अग्रहरीको नेतृत्वमा शाखाका पदाधिकारी,सदस्य तथा कर्मचारीसहितको टोलीले पृथ्वीचन्द्र अस्पताल परासीका बिरामीहरुलाई फलफूल वितरण गर्दै स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

Na5

 

Na6

 

Na7

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%५%१%

प्रतिक्रिया दिनुहोस