२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्ने समझदारी

२०८० भाद्र १७, आईतबार प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

मोहन पौडेल
परासी, १७ भदौ । पश्चिम नवलपरासीका सरोकारवालाहरुले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आज गरेको छलफलमा सहभागिहरुले जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम गरि शान्ति अमनचयन कायम गर्न आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षता तथा संघीय सांसद एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानसहित प्रदेशसभा सदस्यहरु, सुरक्षा समितिका सदस्यहरु, विभिन्न धार्मिक संघ संस्थाका अगुवाहरु लगायतको सहभागितामा बैठक बसेको थियो ।
धार्मिक र जातीय दृष्टिकोणबाट हुने कुनै पनि प्रकारको विवाद प्रत्युत्पादक र दुःखद् हुने हुँदा एक आपसमा सहिष्णुता कायम गरि कुनै पनि प्रकारका घटना हुन नदिन आपसी समझदारी सहितको सहकार्य गर्ने गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।
जिल्लामा धार्मिक संस्थाले संविधान र कानूनले दिएको अधिकार बमोजिम धार्मिक कार्यक्रम सञ्चालन गर्दा कुनै पनि उच्छृंखल व्यक्ति वा समूहले अवाञ्छित गतिविधि गरि शान्ति सुरक्षामा असर गर्ने क्रियाकलाप गर्न सक्ने सम्भावनालाई मध्यनजर गरि त्यस्ता कार्यक्रम गर्दा विशेष सजकता अपनाउने र आयोजकले जिम्मेवारीपूर्वक कार्यक्रम गर्ने समझदारी पनि भएको छ ।
जिल्लामा शान्ति सुरक्षालाई खलल पुर्याउने कुनै पनि सम्भावित घटनाको जानकारी वा पूर्वाभाष भएमा तत्काल नजिकको प्रहरी वा सम्बन्धीत निकायमा जानकारी गराउने प्रतिबद्धता पनि जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस