२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

पूर्व प्रहरी संगठन पश्चिम नवलपरासीको अध्यक्षमा चौधरी

२०८० भाद्र १६, शनिबार प्रकाशित ( साल अघि) ८३८ पाठक संख्या

मोहन पौडेल

परासी, १६ भदौ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति पश्चिम नवलपरासीको अध्यक्षमा ओमप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । संगठनको आज परासीमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनले पूर्व प्रहरी निरीक्षक चौधरीको नेतृत्वमा सर्वसम्मत पन्ध्र सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।

Pp

नवगठित समितिको उपाध्यक्षमा टंकप्रसाद ढकाल र सीता पराजुली कार्की,सचिवमा गोपाल प्रसाद चौधरी, कोषाध्यक्षमा हेरम्भ प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ भने सदस्यमा बदरी अहिर यादव,ज्ञानेन्द्र सिंह चौधरी,होमबहादुर गुरुङ,सुनिल प्रधान,रघुनाथ गुरुङ,ललित बहादुर मल्ल,दिल बहादुर चौधरी,रघुनन्दन पाण्डे,कल्पना कार्की रहनुभएको निर्वाचन समिति सदस्य राधेश्याम सिंह सैथवारले जानकारी दिनुभयो ।
नेपाल पूर्व प्रहरी संगठनका निवर्तमान जिल्ला अध्यक्ष शम्भु उपाध्यायको अध्यक्षतामा भएको उक्त अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री एवं संघीय सांसद ध्रुबबहादुर प्रधानले पूर्व प्रहरीको अनुभवलाई समाज रुपान्तरणमा समाहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्व प्रहरीको हकहित प्रवद्र्धन र परि आएका समस्या समाधानका लागि लागि आफू जतिबेला पनि तयार रहेको बताउँदै संगठनको हित र विकासमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा रामग्राम नगरपालिकाकी उपमेयर सम्भना चौधरी, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी काजी कुमार आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अध्यक्ष राजेन्द्र अग्रहरी, नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त,संगठनका निवर्तमान वरिष्ठ उपाध्यक्ष रघुनन्दन पाण्डे, राप्रपाका युवा नेता रामजी पराजुली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभामा संगठनका अध्यक्ष उपाध्यायले हालसम्मको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सोही अवसरमा पूर्व प्रहरी महानिरीक्षक समेत रहनुभएका राप्रपा उपाध्यक्ष ध्रुबबहादुर प्रधान संघीय सांसदमा अत्याधिक मतका साथ विजयी हुनुभएकोमा पूर्व प्रहरी संगठन नवलपरासीको तर्फबाट सम्मान पनि गरिएको थियो । आजै सांसद प्रधानले जिल्ला प्रहरी कार्यालय परासी परिसरमा पूर्व प्रहरी संगठन नवलपरासीको कार्यालयको पनि उद्घाटन गर्नुभएको संगठनले जनाएको छ ।

Pp3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%३%

प्रतिक्रिया दिनुहोस