२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीमा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ

२०८० भाद्र १३, बुधबार प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

मोहन पौडेल
परासी, १३ भदौ । नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको प्रहरीले जनाएको छ ।
कुर्मी हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए । वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शंका लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशंकर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए । निज व्यक्तिले ६ नम्बर वडा कार्यालयबाट बनाएको जन्मदर्ता, नागरिकता सिफारिस तथा ईलाका प्रशासन कार्यालय सेमरीबाट पठाईएको स्थलगत नागरिकता सर्जमिन मुचुल्काको पत्र प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि नागरिकता सम्बन्धी कसूर उद्योगमा अनुन्धान थालिएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस