२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

बर्दघाटमा यात्रुबाहक बस दुर्घटना हुँदा सात जना घाईते

२०८० भाद्र १३, बुधबार प्रकाशित ( साल अघि) ४९५ पाठक संख्या

मोहन पौडेल
परासी, १३ भदौ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ बर्दघाटमा आज विहान पौने ५ बजेको समयमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि बसमा सवार सात जना यात्रु घाईते भएका छन् ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको यात्रु बाहक बस अचानक अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । बस सडकको दाईने छेउमा पल्टिएको छ ।
बसमा सवार ४० जना मध्ये सात जना घाईते रहेको र उनीहरुको स्थानीय चिसापानी अस्पतालमा उपचार भईरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घाईते हुनेमा बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ का ६८ वर्षीय जुद्ध बुढाथोकी,सोही ठाउँ बस्ने २८ वर्षीया अनु चन्द, नेपालगञ्ज उपमहानगरपालिका–१७ का ४० वर्षीय राजीव चौधरी, नेपालगञ्ज–१० का ५८ वर्षीय अमर बहादुर बुढा मगर, बर्दिया जिल्लाको बर्दिया नगरपालिका–५ का ७३ वर्षीय डिल्लीराम थारु र राजापुर नगरपालिका–२३ का २३ वर्षीय बिमल चौधरी र मधुवन नगरपालिका–५ की १९ वर्षीया विनिता मल्ल छन् ।
अन्य यात्रुहरु भने सकुशल रहेको र अर्काे बसमा चढी गनतव्यमा लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसका चालक भने फरार छन् । उनको खोजी कार्य भईरहेको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस