२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

रामग्राममा कसैलाई पछाडी नछोड्ने(एलएनओबी) अवधारणाबारे अभिमुखिकरण

२०८० भाद्र ५, मंगलबार प्रकाशित ( साल अघि) ३७२ पाठक संख्या

परासी, ५ भदौ । पिछडिएका वा उच्च जोखिममा परेका वस्तीहरुको पहिचान सम्बन्धी नगर स्तरीय अभिमुखिकरण कार्यक्रम आज पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा सम्पन्न भएको छ । फेयर मेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजनाको आयोजनामा रामग्राम नगरपालिकाका सरोकारवालाहरुलाई उक्त अभिमुखिकरण गरिएको हो ।
रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीको अध्यक्षतामा नगरका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको सहभागितामा एलएनओबी अर्थात कसैलाई पछाडि नछोडने अवधारणाबारे जानकारी गराईएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
“पछाडि परेका, उच्च जोखिम र सीमान्तकृत समुदायको पहिचान गरी समनता र समताको आधारमा विकास अवधारणा अघि बढाउने, प्राथमिकीकरण गरि योजना तथा बजेट विनियोजन गर्न सहयोग तथा योजना निर्माण सम्बन्धी क्रियाकलापको अवधारणा(कोभो एप र जीआईएस नक्सांकन)लाई सुनिश्चित गर्न नगरका निर्णायक तहका सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको हो”, आचार्यले भन्नुभयो ।
नवलपरासीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाले सन् २०१९ देखि नै स्वास्थ्य संस्थाको प्रणालीमा सुधार ल्याउन ,उपेक्षित उष्ण प्रदेशिय रोगबाट प्रभावित ब्यक्ति समुदायलाई सचेत गराउन,नवजात शिशु तथा मातृ मृत्युदर कम गर्न र खानेपानी तथा सरसफाइ सम्बन्धि सचेतनाका कार्यहरु गर्दै आएको परियोजना संयोजक आचार्यले बताउनुभयो ।
उक्त अवसरमा इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाटका कार्यकारी निर्देशक बद्री प्रसाद सुबेदीले एलएनओबी परियोजनाले स्वास्थ्य संस्थाको सुदृढीकरण, स्वास्थ्य सेवाबाट वञ्चित र पछाडि परेको जोखिम समुदायलाई स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने लक्ष्य अनुसार काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नगरका सबै वडा अनुसारको छुट्टाछुट्टै समूह बनाएर पछाडि परेका वस्तीहरुको नक्सांकन गरि पहिचान पनि गरिएको थियो । सहभागिहरुले आगामी दिनमा पछाडि परेको तथा उच्च जोखिममा रहेको वस्ती तथा समुदाय पहिचान गरि प्राथमिकताको आधारमा बजेट तथा योजना छनौट गर्ने बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस