२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

कक्षा १२ को व्यवस्थापन र विज्ञान संकायतर्फ सुनवलको साकुराका विद्यार्थीको जिल्लामै उत्कृष्ट नतिजा

२०८० श्रावण ३१, बुधबार प्रकाशित ( साल अघि) ६०३ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ साउन । राष्ट्रिय परीषा बोर्डले मंगलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पश्चिम नवलपरासीको साकुरा मेमोरियल बोर्डिङ्ग स्कुल सुनवलले जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ । उक्त विद्यालयमा कक्षा १२ मा अध्यनरत झरना रानाले व्यवस्थापन संकायतर्फ सबैभन्दा उच्च अंक ३.७७ जीपीए र अनिष कुँवरले विज्ञान संकायतर्फ सबैभन्दा उच्च अंक ३.६६ जीपीए ल्याएका छन् ।
गत वैशाखमा सञ्चालन भएको २०७९ को कक्षा १२ को परीक्षाको नतिजा अनुसार विद्यालयमा सबैभन्दा उच्च अंक ल्याउने झरना राना व्यवस्थापन संकायतर्फ जिल्लामै उत्कृष्ट र अनिष कुंँवर पनि विज्ञानतर्फ जिल्लामै उत्कृष्ट भएको विद्यालयका प्रिन्सिपल सुमित पाठकले दाबी गर्नुभयो ।
उक्त विद्यालयबाट व्यवस्थपन र विज्ञान संकाय गरी कूल १३८ जनाले कक्षा १२ को परीक्षा दिएका थिए । त्यसमध्ये तीन जनाले ए प्लस, १३ जनाले ए,३४ जनाले बी प्लस,२७ जनाले बी,११ जनाले सी प्लस र एक जनाले डी ग्रेड ल्याएको प्रिन्सिपल पाठकले जानकारी दिनुभयो । “कक्षा १२ को नतिजा हेर्दा हामी नवलपरासी बर्दघाट सुस्ता पश्चिममा प्रथम भएका छौँ,व्यवस्थापनमा पनि, विज्ञानमा पनि”,उहाँले भन्नुभयो ।
यसअघिका परीषाहरुमा पनि विद्यालयले सन्तोषजनक नतिजा नै ल्याउने गरेको बताउँदै प्रिन्सिपल पाठकले यसपटक भने जिल्लामै उत्कृष्ट नतिजा आउँदा गौरव महशुस भएको उल्लेख गर्नुभयो। “शिक्षकहरुको लगनशीलता, विद्यार्थीहरुको मिहेनत, चुस्त व्यवस्थापन नै उत्कृष्ट नतिजाको आधार हो”, उहाँले भन्नुभयो । अन्य विद्यालयले कक्षा ११ र १२ लाई खासै महत्व नदिने गरेको उल्लेख गर्दै प्रिन्सिपल पाठकले भन्नुभयो, “हामीले विद्यार्थीहरुलाई पारिवारिक वातावरणका साथ विहानी समयमा कक्षा सञ्चालन गर्छाैँ, कमजोर विद्यार्थीका लागि विद्यार्थीको माग अनुसारकै अतिरिक्त कक्षा सञ्चालन गर्छाैँ, दिवा समयमा भन्दा विहानी समयमा पढ्ने विद्यार्थी धेरै क्रियाशील हुन्छन्, त्यसको परिणाम पनि हो यो नतिजा आउनुमा भन्ने मलाई लाग्छ ।” उहाँले विद्यार्थीलाई कमाउन भन्दा पढाउनमा जोड दिन अभिभावकलाई आग्रह गर्नुहुन्छ ।
व्यवस्थापन संकायतर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल उक्त विद्यावलयकी छात्रा झरनाले आफ्नो मिहेनत,परिवारको सहयोग र विद्यालयको शैक्षिक वातावरणकै कारण आफूले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । अब सुनवलमै विविए पढ्ने रानाले बताउनुभयो । रानाले एसईईमा पनि ३.९५ जिपीए ल्याउनुभएको थियो ।
यस्तै विज्ञान संकायमा सबैभन्दा उच्च अंक ल्याएका सोही विद्यालयकै छात्र अनिष कुँवर भने स्नातक पढ्न अब विदेश जाने तयारीमा हुनुहुन्छ । विद्यालयका शिक्षकहरुको सहयोग, आफ्नो मिहेनत र विद्यालयले दिएको सुविधायुक्त वातावरणले आफूले अब्बल नतिजा ल्याउन सफल भएको उहाँले बताउनुभयो । साँकुरा स्कुलले कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकाय सञ्चालन गर्दै आएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस