२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नवलपरासीमा जंगली च्याउ सेवन गर्दा एकै घरका चार जना बिरामी

२०८० श्रावण ३०, मंगलबार प्रकाशित ( साल अघि) ५७९ पाठक संख्या

परासी, ३० साउन । पश्चिम नवलपरासीमा जंगली च्याउ सेवन गर्दा एकै घरमा चार जना बालबालिका विरामी परेका छन् । जिल्लाको बर्दघाट नगरपालिका वडा नं.१४ स्थित आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन् ।
बिरामी पर्नेमा पन्ध्र वर्षीया अनुपा लोहार, ११ वर्षीया आचल लोहार ९ वर्षीय अनु लोहार र वर्षीय किसन लोहार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । बिरामी चारै जनाको अहिले शहीद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ । सोमबार साँझ च्याउ सेवन गरेका उनीहरुले कुन प्रकारको च्याउ खाएका हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस