२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

गण्डक व्यारेजका ३६ ढोका खोलियो

२०८० श्रावण २९, सोमबार प्रकाशित ( साल अघि) १४४८ पाठक संख्या

नवलपरासी,२९ साउन । नवलपरासीको त्रिवेणीमा स्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । नारायणी नदिको पानी उच्च भएसँगै ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।
त्रिवेणीमा रहेको गण्डक ब्यारेजमा रहेका सबै ३६ वटा ढोका खोलिएको हो । नारायणी नदिमा आएको बाढीका कारण त्रिवेणी ब्यारेज सहित माथिल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेसँगै ब्यारेजका सबै ढोका खोलिएको हो ।
त्रिवेणी स्थित गण्डक ब्यारेजमा अहिले २ लाख ९३ हजार ६ सय क्युसेक पानी प्रवाह भइरहेको छ । गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानी खतराको सूचक मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस