२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सेवाग्राहीसँग नियम बिपरित राजस्व लिँदै वडा कार्यालय

२०८० श्रावण २८, आईतबार प्रकाशित ( साल अघि) ३९३ पाठक संख्या

बर्दघाट,२८ साउन ।  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राहीसङ्ग रकम लिएको खुलेको छ ।

पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममामा वडा नम्बर ९ ले प्रती निवेदन दस्तुर बापत ३ सय १० रुपैया लिएको हो । बर्दघाट नगरपालिकामा घर तथा भवनको अभिलेखिकरणको निवेदन वडा बाट संकलन गर्ने क्रममा वडा नम्बर ९ ले निवेदन दस्तुर र अन्य शुल्क बापत शुल्क लिएको हो । वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले सेवा ग्राहीबाट पैसा लिएको बताउदै वडा सचिबले गल्ती गरेको भन्दै शाखा गत कर्मचारीको जिम्मा भएको भन्दै उम्किन खोज्नु भयो “त्यो जिम्मा मेरो हैन कर्मचारी वा सम्बन्धित शाखाले जान्ने कुरा हो”वडा अध्यक्ष चापागाईंले भन्नू भयो ।

बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले अभिलेखिकरणको निवेदन लिदा शुल्क लिने निर्णय नभएको बताउनु भयो । ” राजस्व शाखासङ्ग परामर्श लिनु पर्थ्यो ।”सापकोटाले भन्नू भयो ।

बर्दघाट ९ कि वडा सचिब हिमा कुमारी बनले निवेदन लिँदा राजस्व लिएको बताउनु भयो ।” निवेदनको शुल्क लिँदा गल्ती भएको छ, पछि वडाले दिने सिफारिसबाट मिलान गरेर मिलाउँछौ ।” वडा सचिव बनको भनाई छ ।
१० रुपैया निवेदन दस्तुर र ३ सय रुपैया अन्य दस्तुर गरि ३ सय १० रुपैयाका दरले ९५ जना सेवाग्राहीसङ्ग रकम लिएको छ ।

Received_947425583037485

यस बिषयमा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले विधि बिपरित सेवा ग्राहिसग पैसा उठाउनु गलत भएको बताउनु भयो ।”नगरले निर्णय नै नगरेको कुरामा अरु वडाले उठाएका छैनन हामिले यो बिषयमा बुझिरहेका छौ”नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।वडा अध्यक्ष चापागाईं भने सम्पुर्ण दोष कर्मचारीमा थुपारेर आफू भने उम्किन खोजेको देखिन्छ ।

पुर्व निर्मित घर तथा भवनको अभिलेखिकरण गर्नका लागी नगरले साउन ७ गते देखी भदौ ९ गतेसम्म वडा कार्यलयहरुबाट संकलन गरिने नगरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस