२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

गाउँपालिका अध्यक्ष गुप्ताको पहलमा बन्ने भयो उजैनीदेखि पाल्ही मन्दिर हुँदै भारतीय सीमासम्मको सडक

२०८० श्रावण २१, आईतबार प्रकाशित ( साल अघि) २५३१ पाठक संख्या

मोहन पौडेल
परासी, २१ साउन । पश्चिम नवलपरासीको बहुप्रतिक्षित उजैनीदेखि पाल्ही हुँदै चिमनटोल भारतीय सीमासम्मको सडक निर्माण हुने भएको छ। पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले पालिकासहित प्रदेश र संघीय सरकारसँग पहल गरी बजेट सुनिश्चित भएपछि उक्त सडक निर्माण हुने निश्चित भएको हो ।
पाल्हीनन्दनको वडा नं. ४ र ५ मा पर्ने उक्त सात किलोमिटरको सडकको स्तरोन्नती हुन नसक्दा यहाँ आवातआवात गर्न कठिनाई भईरहेको थियो । पालिकाको बजेटले मात्र उक्त सडक निर्माण गर्न सम्भव नभएपछि गाउँपालिकाबाट प्रदेश र संघीय सरकारसँग माग गरिएको र चालु आ.व.२०८०÷०८१ मा उक्त सडक निर्माणका लागि करिब रु तीन करोड बजेट सुनिश्चित भएको गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
उक्त सडक स्तरोन्नतीका लागि लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु एक करोड ३० लाख र संघीय सरकारबाट एक करोड ५० लाख बजेट विनियोजन भएर आएको अध्यक्ष गुप्ताले बताउनुभयो । गाउँपालिकाले समेत उक्त सडक निर्माणका लागि यस वर्ष रु पचास लाख विनियोजन गरेको छ । संघ र प्रदेश सरकारसँग पालिकाले उक्त सडक निर्माणका लागि रु तीस करोड माग गरेको तर बजेट कम प्राप्त भएको उहाँले बताउनुभयो । रामग्रामको उजैनीदेखि पाल्हीनन्दनको पाल्ही भगवती मन्दिर हुँदै भारतीय सीमासम्मको उक्त सडकमा नालासहितको कालोपत्रे गर्ने गरी निर्माण शुरु गरिने उहाँले बताउनुभयो ।
उक्त सडकखण्डमा विगतमा गरिएको पीच फुटेर खाल्डाखुल्डी भएकोले पैदलयात्रीदेखि सवारीसाधनसम्ममा यात्रा गर्ने यात्रु र स्थानीयवासीले समेत सास्ती खेप्दै आएका छन् । गाउँपालिकाले उक्त सडक निर्माणका लागि गत आ.व.वर्षमा सडक अतिक्रमण गरि बनाईएका घर तथा अन्य संरचनाहरु ह्टाएको थियो । समयमा बाटो निर्माण नहुँदा स्थानीयवासीले खेप्नुपरेको सास्तीलाई आफूले महशुस गरेरै पालिकादेखि संघीय सरकारसम्म पहल गरेको बताउनुभयो । अहिलेको आएको बजेटले सडक पूर्ण रुपमा निर्माण नहुने भएपनि क्रमशः पूरा गर्दै जाने अध्यक्ष गुप्ताले बताउनुभयो ।

P2

 

P3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१४%३%५%१%२%

प्रतिक्रिया दिनुहोस