२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

लोभलालचमा नपरी निर्भिक्तापूर्वक भ्रष्टाचारीलाई कारवाही गरियोस् : त्रिपाठी

२०८० श्रावण १६, मंगलबार प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

मोहन पौडेल
परासी, १६ साउन । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले निर्भिक्तापूर्वक भ्रष्टाचारीलाई कारवाही गर्न सरकारलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचारीलाई कारवाही गर्ने सरकारको कामलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको बेलाटारीमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले आफूले अहिलेसम्म भ्रष्टाचारजन्य काम नगरेको पनि दाबी गर्नुभयो । “भ्रष्टाचारमा धेरै नेता मुछिएका छन्,जेलमा पनि गएका छन् तर मैले अहिलेसम्म यस क्षेत्रका जनताको शीर झुक्ने गरी कुनै काम गरेको छैन, पछुतो मान्ने काम पनि गरेको छैन्”,उहाँले भन्नुभयो ।
नेता त्रिपाठीले भ्रष्टाचारीलाई कारवाही गर्ने सन्दर्भमा जो सुकै भएपनि कुनै लोभमा नपर्न सरकारलाई आग्रह गर्दै सरकार कति दिन चल्छ होईन की कसरी चल्छ भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका त्रिपाठीले आफू सत्तामा रहँदा यस क्षेत्रमा विभिन्न विकासका कामहरु अघि बढाएको तर वर्तमान सांसदले एउटा पनि काम गर्न नसकेको ठोकुवा गर्नुभयो ।
सांसद विनोद चौधरीलाई ईंगित गर्दै नेता त्रिपाठीले भन्नुभयो, “मेरो पालामा मैले समृद्धिको अभियान थालनी गरेको थिँए, बर्दघाटमा ५० शैय्याको ट्रमा सेन्टर बनाउने योजना हालेको थिँए तर अहिलेका सांसदका कारण त्यो पन्ध्र शैय्याको अस्पतालमा झरेको छ,चुनावको बेला ठूलाठूला आश्वासन दिएका सांसदले अहिले सम्म केही गर्न सकेका छैनन्, एउटा मात्र पनि काम देखाउन म चुनौती दिन्छु ।”
नेता त्रिपाठीले आफूहरुको संगठन कमजोर भएकोले स्थानीय तहदेखि नै निर्वाचित जनप्रतिनिधिहरुले मनोमानी गरिरहेको बताउँदै अब संगठन बलियो बनाएर मनोमानी विरुद्ध लड्ने बताउनुभयो । उहाँले संघ र प्रदेशको लेखा परीक्षण गरि सार्वजनिक लेखा समितिमा बहस छलफल हुने गरेको तर स्थानीय तहको लेखापरीक्षणको विषयमा बहस गर्ने निकाय नहुँदा वेथिती बढेको बताउँदै स्थानीय तहको लेखापरीक्षण छलफल गर्ने निकाय हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष त्रिपाठीले अब पार्टीको वडावडा तहसम्म संगठन विस्तार अभियान चलाउने जानकारी दिनुभयो । आज प्रतापपुर र सुस्ता गाउँपालिका स्तरीय कार्यकर्ता भेला गरिएको बताउँदै नेता त्रिपाठीले अब निर्वाचन क्षेत्र नं.१ अन्र्तरगत अन्य पालिकामा पनि बैठक गरी वडादेखि पालिका, क्ष्ँोत्रीय र जिल्ला स्तरसम्म संगठन सुदृढ बनाईने बताउनुभयो । कार्यक्रममा सहभागि उक्त पार्टीका अन्य नेताहरुले पनि संगठन विस्तारमा जोड दिएको जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डेले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस