२०८३ बैशाख १०, बिहिबार
24 खबर अपडेट

रामग्रामको पोखरापालीबाट लागूऔषधसहित महिला पक्राउ

२०८० श्रावण १५, सोमबार प्रकाशित ( साल अघि) १०४९ पाठक संख्या

मोहन पौडेल
परासी, १५ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.६ पोखरापालीबाट लागूऔषधसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही स्थानमा डेरा गरी बस्ने ४० वर्षीया गंगोत्री बानिया रहेको प्रहरीले जनाएको छ ।
अवैद्य लागूऔषध विक्री गरिरहेको भन्ने सूचनाको आधारमा आज उनको कोठामा खानतलासी गर्दा लागूऔषध फेला परेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
पोखरापलीस्थित रामपती अग्रहरीको घरमा डेरामा बस्दै आएकी बानियाको कोठामा खानतलासी गर्दा भान्सा कोठामा प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकेर राखेको अवस्थामा बोराको झोलामा डाईजोपाम,फेनरागन,बुप्रेनोफ्रिन गरी ४२३ एम्पुल,नाईट्रोभेट १२६ ट्याब्लेट,स्पास्मो १९० पिस औषधीजन्य लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेकी बानियालाई आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको नवलपरासी प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%२%

प्रतिक्रिया दिनुहोस