२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलको बासामा एक व्यक्ति मृत फेला

२०८० श्रावण १५, सोमबार प्रकाशित ( साल अघि) १०४० पाठक संख्या

परासी, १५ साउन । पश्चिम नवलपरासीको बासामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छ । सरावल गाउँपालिका वडा नं.१ बासास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फको नालीको पानीमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ४०÷४५ वर्षका ती व्यक्तिको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । कालो वर्ण, करिब ५.७ इन्च उचाई,छोटो कपाल,खैरो फुल सर्ट र खैरो रंगको पाईन्ट लगाएको ती पुरुष आज दिउँसो ४ बजेको समयमा मृत फेला परेको डिएसपी पाण्डेले बताउनुभयो । मृत फेला परेका व्यक्तिको शव पोष्टमाटमका लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस